‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ? « Khabarhub

‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ?


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सरकार अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकार दक्षता विभाग (डज) ले विदेशी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द गर्ने भएको छ ।

यो परियोजना बन्द गर्ने निर्णयले नेपाल लगायत धेरै देशहरुलाई असर गर्ने भएको छ । साथै, यस परियोजना अन्तरगत कार्यरत ३२० जना कर्मचारीको रोजगारीसमेत धरापमा पर्ने भएको छ ।

विश्वभरका विकासशील देशहरूलाई दिइँदै आएको अनुदान बन्द गर्ने योजना बनाएको अमेरिकी सरकारले एमसीसीका ३२० कर्मचारीलाई स्वेच्छिक अवकाश एवं राजीनामाको प्रस्ताव गर्न लागेको पोलिटिको डटकमले जनाएको छ ।

समाचारमा उल्लेख भएअनुसार मंगलबार कर्मचारीहरूलाई पठाइएको इमेलमा एमसीसी बन्द गर्न लागिएको हो ।

‘हामीले डज टिमबाट बुझ्यौं कि चाँडै एमसीसीका कार्यक्रमहरू र सम्बन्धित कर्मचारीहरूको संख्यामा उल्लेखनीय कमी आउनेछ,’ कार्यवाहक सीईओले इमेलमा लेखेको अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।

विकासमा पछि परेका देशहरुमा सुशासन, दिगो आर्थिक विकास र गरिबी न्यूनीकरणमा सहयोग गर्न एमसीसीले अनुदान सहयोग गर्दै आएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएलगत्तै एलोन मस्क र विवेक रामास्वामीले सरकारको दक्षता विभाग(डज) को नेतृत्व गर्ने घोषणा गरेका थिए । उनले संघीय खर्चमा जवाफदेहिता एवं पारदर्शिता ल्याउन र करदाताहरूले बुझाएको रकमको सदुपयोग गर्न भन्दै डज जन्माएका हुन् । डजले ड्रम्प प्रशासनलाई खर्च कटौतीको सुझाव दिँदै आएको छ ।

अबको केही महिनामा यो परियोजना बन्द हुन सक्ने बताइए पनि नेपालमा जस्तै कार्यान्वयनमा गइसकेका परियोजनाहरुको हक के हुनेछ भन्ने स्पष्ट भइसकेको छैन ।

नेपालमा अमेरिकाले एमसीसी परियोजनामा ५० करोड अमेरिकी डलर सहायता दिने सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

हेर्नुहाेस्- एमसीसी परियोजनामा हस्ताक्षर गरेका देशहरुको सूची

यो पनि-

सधैँलाई रोकिएको हो १०३ अर्बको अमेरिकी एमसीसी ?

युएसएडपछि नेपालमा एमसीसीका परियोजना पनि रोकिए

एमसीसी सहयोगको सीमापार प्रसारणलाइन निर्माण गर्न हस्ताक्षर

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ६ : १० बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्