‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ? | Khabarhub Khabarhub

‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ?


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सरकार अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकार दक्षता विभाग (डज) ले विदेशी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द गर्ने भएको छ ।

यो परियोजना बन्द गर्ने निर्णयले नेपाल लगायत धेरै देशहरुलाई असर गर्ने भएको छ । साथै, यस परियोजना अन्तरगत कार्यरत ३२० जना कर्मचारीको रोजगारीसमेत धरापमा पर्ने भएको छ ।

विश्वभरका विकासशील देशहरूलाई दिइँदै आएको अनुदान बन्द गर्ने योजना बनाएको अमेरिकी सरकारले एमसीसीका ३२० कर्मचारीलाई स्वेच्छिक अवकाश एवं राजीनामाको प्रस्ताव गर्न लागेको पोलिटिको डटकमले जनाएको छ ।

समाचारमा उल्लेख भएअनुसार मंगलबार कर्मचारीहरूलाई पठाइएको इमेलमा एमसीसी बन्द गर्न लागिएको हो ।

‘हामीले डज टिमबाट बुझ्यौं कि चाँडै एमसीसीका कार्यक्रमहरू र सम्बन्धित कर्मचारीहरूको संख्यामा उल्लेखनीय कमी आउनेछ,’ कार्यवाहक सीईओले इमेलमा लेखेको अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।

विकासमा पछि परेका देशहरुमा सुशासन, दिगो आर्थिक विकास र गरिबी न्यूनीकरणमा सहयोग गर्न एमसीसीले अनुदान सहयोग गर्दै आएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएलगत्तै एलोन मस्क र विवेक रामास्वामीले सरकारको दक्षता विभाग(डज) को नेतृत्व गर्ने घोषणा गरेका थिए । उनले संघीय खर्चमा जवाफदेहिता एवं पारदर्शिता ल्याउन र करदाताहरूले बुझाएको रकमको सदुपयोग गर्न भन्दै डज जन्माएका हुन् । डजले ड्रम्प प्रशासनलाई खर्च कटौतीको सुझाव दिँदै आएको छ ।

अबको केही महिनामा यो परियोजना बन्द हुन सक्ने बताइए पनि नेपालमा जस्तै कार्यान्वयनमा गइसकेका परियोजनाहरुको हक के हुनेछ भन्ने स्पष्ट भइसकेको छैन ।

नेपालमा अमेरिकाले एमसीसी परियोजनामा ५० करोड अमेरिकी डलर सहायता दिने सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

हेर्नुहाेस्- एमसीसी परियोजनामा हस्ताक्षर गरेका देशहरुको सूची

यो पनि-

सधैँलाई रोकिएको हो १०३ अर्बको अमेरिकी एमसीसी ?

युएसएडपछि नेपालमा एमसीसीका परियोजना पनि रोकिए

एमसीसी सहयोगको सीमापार प्रसारणलाइन निर्माण गर्न हस्ताक्षर

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ६ : १० बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई