जनमत-नाउपा एकता वैशाख १७ गते गर्ने तयारी « Khabarhub

जनमत-नाउपा एकता वैशाख १७ गते गर्ने तयारी


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीसँग एकता घोषणाको तयारी भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जनमत र नागरिक उन्मुक्तिबीच एकता घोषणाको तयारी भइरहेको बताएका हुन् । 

‘जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौँ । एकता हुन्छ नै,’ अध्यक्ष राउतले लेखेका छन्, ‘यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच घोषणाको तयारी गर्दैछौँ ।’

उनले जनमत र नागरिक उन्मुक्तिबीच एकता हुन लागेपछि धेरै पार्टी र शक्तिहरूको निन्द्रा उडेको पनि दाबी गरेका छन् । 

‘धेरै  पार्टी र शक्तिहरूको अहिले निद्रा उडेको छ । किन कि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ,’ उनको भनाइ छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’

राउतले दुई दलबीच एकता हुन नदिन षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका छन् । ‘तर हामीलाई शक्तिशाली देख्न नचाहने तत्वहरूले हामीलाई (जनमत र नाउपा दुइटैलाई) तहस–नहस गर्नका लागि विगत ७-८ महिनादेखि कुनै कसर बाँकी राखेका छैनन्,’ उनले लेखेका छन् । 

अध्यक्ष राउतले परिवारमा झगडा गराउनेदेखि आफूलाई ज्यान मार्ने धम्की र रेशम चौधरीलाई फेरि पक्राउ गराइदिने धम्की दिएर एकता हुन नदिने प्रपञ्च भइरहेको पनि बताएका छन् । 

‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधन-स्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्,  कुनै पनि कसर  बाँकी राखेका छैनन्,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : २३ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको