राष्ट्रको आवश्यकता र जनताको मागअनुसार विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

राष्ट्रको आवश्यकता र जनताको मागअनुसार विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास, निर्माणमा जोड दिनुपर्ने भन्दै सोही अनुसार काम गर्न आग्रह गरेका छन् ।

सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आज ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले निर्माण हुने संरचना र विकासका आयोजनासम्बन्धी योजना बनाउँदा राष्ट्रिय र जनताका आवश्यकता बुझेर सकारात्मक परिवर्तनमा लाग्नुपर्ने बताए। उनले नवप्रवर्तन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेख्य प्रतिफल आउने धारणा राखे ।

‘लोकतान्त्रिक मूल्य, मान्यता अनुसार शासन प्रणाली स्थापित नभएसम्म नेपालीको भविष्य सुनिश्चित हुँदैन भनेर २०४६ र २०६२-६३ को परिवर्तन ल्याएका हौँ । प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थायित्व र स्थिरताका लागि आर्थिक समृद्धितर्फ सबैले ध्यान दिनु जरुरी छ र यसका सबै सबै राजनीतिक दलले आ–आफ्नो कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्छ, कानुनी रूपमा भएका समस्या छलफलबाट समाधान गरौँ । प्राप्त गणतन्त्रको अधिकारलाई सुरक्षित गर्दै दिगो विकास र जिम्मेवारीपूर्ण कामका लागि ध्यान दिनुपर्छ’, उनले भने ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सरोकार भएका सबैले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । यसका लागि समयसापेक्ष कानुन बनाउँदै समस्या समाधान गर्नुपर्ने भन्दै सरकार आवश्यकताका आधारमा छलफलबाट बाधक भएका कानुन संशोधन गर्न तयार रहेको बताए।

‘मुलुकको आवश्यकतालाई मूल्यांकन गरेर काम गर्छौँ, समृद्धि हासिल गर्न १५ हजार मेगावाट विद्युत् भारतमा व्यापार गर्ने बाटो खुलेको छ, बूढीगण्डकीको सुरुवात गर्दा १७ हजार रोजगारी सिर्जना हुन्छ, यसलाई महसुस गरेर हामीले काम गरिरहेका छौँ’, उनले भने ।

सिडेनका केन्द्रीय अध्यक्ष सुवासचन्द्र बरालले विकास निर्माणसँग जोडिएका विषयमा आधारित रहेर दिगो विकासका लागि सबैले सहकार्य गर्नुपर्ने बताए । यो कार्यक्रमले दिगो विकासका क्षेत्रमा काम गर्ने सबैलाई सकारात्मक उर्जा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे। उनले दिगो विकासका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको धारणा राखे। बरालले सिडेनको यो सम्मेलनले यस क्षेत्रमा रहेका चुनौतीलाई समाधान गर्न सहयोग पुग्ने बताए।

सिडेनका अध्यक्ष एवं इञ्जिनीयर लक्ष्मण केसीले यस क्षेत्रमा भएका प्रशस्त सम्भावनाको छलफल गरेर प्रविधिको विकास अनुरूप दिगो विकासमा रहेका बाधा हटाउन नीतिगत व्यवस्थाका लागि सरकार र संसद्लाई सुझाव दिन सम्मेलन आयोजना गरिएको बताए। 

सिडेनका महासचिव एवं इञ्जिनीयर थमनबहादुर खड्काले संस्थामा हाल नौ हजार ६४६ जना इञ्जिनीयर सदस्य रहेका जानकारी गराए। उनका अनुसार यीमध्ये बागमतीमा मात्रै छ हजार ७०० सय भन्दा बढी छन् ।
 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : ३३ बजे

शिक्षामन्त्री पन्तले भने- शिक्षक आन्दोलनबारे जानकार छु, समस्या पनि थाहा छ

काठमाडौं- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार सिंहदरबारमा

खाँडाचक्र नगरपालिकामा लगाइएको ताला खुल्यो

सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिका कर्मचारी र उपभोक्ता समितिले लगाएको ताला

सरकारलाई गगन थापाले भने- शिक्षकका मागमा मन्त्रिपरिषद्बाट हुनेजति निर्णय गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरू सबैलाई मूल

पाकिस्तान र इरानबाट एकै दिन छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल– छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार एक हजार एक

सरकारले माग सम्बोधन नगरे आन्दोलन गर्ने क्रसर व्यवसायीको चेतावनी 

काठमाडौं– देशभर दर्ता भएर सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा