महाधिवेशनका लागि ध्रुवीकरण बढिरहँदा शशांक कोइरालाको चियापान « Khabarhub

महाधिवेशनका लागि ध्रुवीकरण बढिरहँदा शशांक कोइरालाको चियापान


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसमा आगामी महाधिवेशनका लागि ध्रुवीकरण बढिरहेका बेला पूर्वमहामन्त्री डा. शशांक कोइरालाले विभिन्न समूहमा देखिँदै आएका नेताहरू बोलाएर चियापान गरेका छन् । 

लोकतन्त्र दिवसको अवसर पारेर उनले बिहीबार महाराजगञ्जस्थित निवासमा पार्टीको संस्थापन र संस्थापन इतर समूहका नेताहरूलाई बोलाएर चियापान गरेका हुन् ।   

पूर्वमहामन्त्री शशांक कोइरालाको निम्तोमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता डा. प्रकाशशरण महत महाराजगञ्ज पुगेका थिए ।

 चियापान समारोहमा ऊर्जामन्त्री दीपक खड्का, केन्द्रीय सदस्यहरू एनपी साउद, पुष्पा भुसाल, दीपक गिरी, शिव हुमागाईं, किरण यादव, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, नैनसिंह महर, गुरू बराल, राजीब ढुंगाना, उर्मिला थपलियालगायत पनि सहभागी थिए । 

चियापानका लागि बोलाइएकाले शशांक निवास महाराजगञ्ज पुगेका अधिकांश नेताहरूले बताएका छन् । चियापानमा नेताहरूको बाक्लो उपस्थिति रहेकाले राजनीतिक विषयमा कुराकानी नभएको एक नेताले जानकारी दिए । 

‘चियापानका लागि भनेर बोलाइएको थियो । म पुगेको हुँ,’ एक केन्द्रीय सदस्यले खबरबहसँग भने, ‘केही दिनअघि ११ भाइ भनेर चर्चामा आउनुभएका नेताहरूसँगै अरु-अरु पनि आउनुभएको थियो । खासै त्यस्तो कुरो केही भएन ।’

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : ४३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज