महेश बस्नेतको दाबी- गभर्नर नियुक्तिमा ‘डिल’ गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त गरियो « Khabarhub

महेश बस्नेतको दाबी- गभर्नर नियुक्तिमा ‘डिल’ गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त गरियो


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ‘डिल’ गरेको प्रमाण फेला परेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरिएको दाबी गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई पदबाट बर्खास्त गरेको एक दिनपछि उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा गभर्नर नियुक्तिका लागि २० करोड रुपैयाँ बराबरको ‘डिल’ गरेको प्रमाण फेला परेको दाबी गरेका हुन् । 

‘अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो,’ बस्नेतले लेखेका छन्, ‘तर जो चोर उसकै ठूलो स्वर भने झैँ अचेल कान्छाराम मिडियामा प्रधानमन्त्रीविरुद्ध राजनीतिक आडमा पद फुस्केपछि अनावश्यक आरोप लगाएर नौटंकी गरिरहेको छ ।’

उनले बर्खास्तमा परेको नेपाली कांग्रेस रामेछापका सभापति तामाङको नाममा २० भन्दा बढी योजनाहरू कालो सूचीमा रहेका पनि उल्लेख गरेका छन् । 

‘सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ,’ बस्नेतको आरोप छ, ‘ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ ।’

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  २ : ०७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५