आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की | Khabarhub Khabarhub

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय पुरुष मारिएपछि भारत प्रशासित काश्मीरका विद्यार्थीहरूले भारतमा उत्पीडन र धम्कीको सामना गरेको रिपोर्ट गरेको एक विद्यार्थी संगठनले बिहीबार जनाएको छ ।

मंगलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए । सन् २००० पछि विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको यो सबैभन्दा घातक आक्रमण हो ।

बचेका व्यक्तिहरूले बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेको र इस्लामिक आस्थाको घोषणा दिन सक्नेहरूलाई छाडेको भारतीय मिडियाले जनाएको छ । यी हत्याले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतलाई स्तब्ध पारेको छ र हिन्दु राष्ट्रवादी समूहहरूलाई आक्रोशित बनाएको छ ।

उत्तराखण्ड, उत्तर प्रदेश र हिमाचल प्रदेश लगायत राज्यमा काश्मीरी विद्यार्थीहरूलाई बुधबार भाडाको अपार्टमेन्ट वा विश्वविद्यालयको हस्टल छोड्न भनिएको जम्मू कश्मीर विद्यार्थी सङ्गठनका संयोजक नासिर खुहेमीले बताए ।

हिमाचल प्रदेशको एउटा विश्वविद्यालयमा छात्रावासको ढोका तोडेपछि विद्यार्थीहरूलाई उत्पीडन र शारीरिक आक्रमण गरिएको खुहेमीले जानकारी दिए ।

उनका अनुसार ती विद्यार्थीलाई ‘आतंकवादी’ भनिएको थियो । ‘यो केवल सुरक्षाको मुद्दा मात्र होइन’, उनले भने, ‘यो एक विशेष क्षेत्र र पहिचानका विद्यार्थीहरू विरुद्ध घृणा र निन्दा गर्ने जानाजानी र लक्षित अभियान हो ।’

उत्तराखण्डको राजधानी सहर देहरादुनमा दक्षिणपन्थी समूह हिन्दू रक्षा दलको चेतावनीपछि करिब २० जना विद्यार्थी बुधबार विमानस्थलतर्फ भागेका छन् । विद्यार्थीहरूका अनुसार समूहले काश्मीरी मुस्लिम विद्यार्थीहरूलाई चाँडै सहर नछोडेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको थियो ।

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवै मुलुकले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गर्छन्, तर यसको अलग–अलग भागलाई शासन गर्छन् ।

विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन् । भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि काश्मीरमा ठूलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ ।

बुधबार भारतले इस्लामाबादलाई ‘सीमापार आतंकवाद’ लाई समर्थन गरेको आरोप लगाएको थियो र कूटनीतिक उपायहरूका साथ आफ्नो छिमेकीसँगको सम्बन्धलाई घटाएको थियो ।

पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  २ : ४१ बजे

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक

सिरहामा आँप उत्पादनमा कमी

सिरहा– सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ ।