‘अमेरिका-चीन व्यापार वार्ता जारी रहेको दाबी आधारहीन’  « Khabarhub

‘अमेरिका-चीन व्यापार वार्ता जारी रहेको दाबी आधारहीन’ 


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको भारी भन्सार महसुल घटाउने सम्झौताको सम्भावनालाई प्रमुखताका साथ उठाएपछि बेइजिङले बिहीबार वासिङ्टनसँग चलिरहेको व्यापार वार्ताको कुनै पनि दाबी ‘आधारहीन’ भएको बताएको छ।

विश्वका दुई प्रमुख अर्थतन्त्रहरू चिनियाँ सामानहरूमा ट्रम्पको नयाँ भन्सार शुल्कबाट सुरु भएको बढ्दो प्रतिस्पर्धात्मक व्यापार युद्धमा बन्द छन् । भन्सार शुल्क धेरै उत्पादनमा एक सय ४५ प्रतिशत पुगेको छ । बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको छ ।

ट्रम्पले अनुचित व्यापार अभ्यासहरूको जबाफी कारबाही र साथै अमेरिकी उत्पादन क्षमता पुनःस्थापना गर्ने प्रयासका रूपमा उल्लेख गर्नुभएको भन्सार महसुलको यो आक्रमणले बजारहरूलाई हल्लाएको छ र विश्वव्यापी मन्दीको डर बढाएको छ ।

बेइजिङले वार्ताहरू दैनिक रूपमा सञ्चालन भइरहेको ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ ।

‘विदेशी आर्थिक र व्यापार सम्बन्धका लागि सक्षम विभागका रूपमा म यो कुरामा जोड दिन चाहन्छु कि हाल चीन र संयुक्त राज्य अमेरिकाबीच कुनै आर्थिक र व्यापार वार्ता चलिरहेको छैन’, चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङले पत्रकार सम्मेलनमा भने, ‘चीन–अमेरिका आर्थिक र व्यापार वार्ताको प्रगतिको बारेमा कुनै पनि दाबी आधारहीन छ र यसको कुनै तथ्यात्मक आधार छैन, चीनले संयुक्त राज्य अमेरिकालाई आफ्नो गलत अभ्यासहरू सुधार गर्न, वार्ताका लागि आवश्यक इमानदारी देखाउन ९-० समान संवाद र परामर्शको सही मार्गमा फर्कन आग्रह गर्दछ ।’

वासिङ्टनले बेइजिङसँग कुरा गरिरहेको छ कि भनेर सोध्दा ‘सबै कुरा सक्रिय छ’ भन्दै ट्रम्पले बुधबार पत्रकारहरूलाई आफ्नो देशले ‘चीनसँग निष्पक्ष सम्झौता’ गर्ने बताए।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ३ : ३१ बजे

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका