रघुजी पन्तले लिए शिक्षा मन्त्रीको शपथ « Khabarhub

रघुजी पन्तले लिए शिक्षा मन्त्रीको शपथ


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार तत्कालीन मन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनको दबाब बढेपछि राजीनामा दिँदा उक्त पद रिक्त थियो । रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा पाएका नेकपा एमालेका सांसद पन्तले बिहीबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विशिष्ठ अधिकारीको उपस्थितिमा पद तथा गोपनीयतको शपथ दिलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार नै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ४ : ४१ बजे

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या

मुस्ताङ– अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित