बालेनलाई कटाक्ष र ओलीको प्रशंसा गर्दै सुनिताको तर्क- स्टन्ट र अरूलाई गाली गरेर देश बन्दैन « Khabarhub

बालेनलाई कटाक्ष र ओलीको प्रशंसा गर्दै सुनिताको तर्क- स्टन्ट र अरूलाई गाली गरेर देश बन्दैन


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपमहानगरपालिका उपप्रमुख सुनिता डंगोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएका बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमाले गरेको यूथ सेलिब्रेशन कार्यक्रममा बोल्दै डङ्गोलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएका बताइन्।

‘जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन’, उनले भनेकी छन् ।

अहिले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै उनले जति आक्रमण भए पनि विचलित नहुने दाबी गरिन् ।

आफूले गरेको राम्रो काम देख्न नसक्नेहरूले आफूमाथि निरन्तर आक्रमण गरिरहेका उनले बताएकी छन् । ‘विकासका काम गर्ने माथि आक्रमण गर्नेहरू राष्ट्र विरोधी तत्त्वहरू हुन्’, उनले भनेकी छन् ।

नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको उनले दाबी गरिन् । आफूले गरेको कामले धेरैलाई पोलेको र उनीहरू आफूमाथि निरन्तर आक्रमणमा लागि रहेका उनले स्पष्ट पारिन् । ‘म रोकिन्न, म रोकिने मान्छे होइन, म मेरो सहर र मेरो देशको लागि काम गरिरहन्छु’, उनले भनिन्।

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएका कारण आक्रमण भइरहेको उनले बताइन् ।

भूकम्पले थिलथिलो भएको देशलाई उठाउने केपी ओलीलाई सम्मान गर्नुको बदला राष्ट्र विरोधीहरूले विभिन्न आरोप लगाउने गरेको उनको भनाइ छ ।

युवाले सही र गलत छुट्याउनु पर्ने उनले बताइन् । युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने उनले बताइन् । सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उनको धारणा छ । मानिस उमेरले मात्र युवा हुने होइन सोच र कामले युवा हुने बताइन् ।

एमालेले कसैको घर लुट्न नसिकाउने उनले बताएकी छन् । सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने उनले प्रष्ट पारिन् । ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यसकारण म एमालेमा छु’, डंगोलले भनेकी छन् ।

जसले सपना देख्छ उसैले काम गर्ने पनि उनले बताएकी छन् । एमाले सपना देख्ने पार्टी भएको उनको धारणा छ । ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ’, उनले भनिन् ।

एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएका उनले बताएकी छन् । समस्यासँग जुधेर समाधान खोज्नुपर्ने उनले बताएकी छन्।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ४ : ५२ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ