किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते | Khabarhub Khabarhub

किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनको राज्य आपतकालीन सेवाले बिहीबार बिहान किएभमा भएको ‘विशाल’ क्षेप्यास्त्र आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको बताएको छ । किएभले यो आक्रमणलाई तीन वर्षको युद्धमा राजधानीमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएको छ ।

युक्रेनी अधिकारीहरूले मिसाइल आक्रमणको चेतावनी जारी गरेको र एएफपीका पत्रकारहरूले राजधानीभरि विस्फोटको आवाज सुनेको बताएका छन् 

‘रुसले किएभमा ठूलो संयुक्त आक्रमण सुरु गरेको छ’, युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राममा टोल अपडेट गर्दै भनेको छ, ‘प्रारम्भिक तथ्यांकअनुसार नौ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् ।’

अस्पतालमा भर्ना भएका ४२ जना मध्ये छ जना बालबालिका थिए । आक्रमणले राजधानीका पाँच जिल्लामा क्षति पुगेको छ भने प्रशासनिक भवनहरूमा आगलागी समेत भएको छ ।

राज्य आपतकालीन सेवाका अनुसार आक्रमणले आवासीय भवनहरूलाई क्षति पुर्‍याउँदा भग्नावशेषमुनि परेका मानिसहरूको खोजी जारी छ । 

यस अघि किएभमा अप्रिलको सुरुमा मिसाइल प्रहार हुँदा कम्तीमा तीन जना घाइते भएका थिए । सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो पूर्ण आक्रमण सुरु गरेदेखि यो छिटपुट आक्रमणको लक्ष्य बनेको छ ।

युक्रेनको पूर्वमा खार्किभ सहरमा बिहीबार बिहान सातवटा क्षेप्यास्त्र प्रहार भएको सहरका मेयर इगोर टेरेखोभले बताए। पछि उनले यो ‘एकै रातमा दोस्रो पटक क्रुज क्षेप्यास्त्र आक्रमणमा परेको’ बताए।

‘हालैको एउटा आक्रमणमा सघन जनसङ्ख्या भएको आवासीय क्षेत्रमा प्रहार भएको छ। त्यहाँ दुई जना घाइते भएका थिए । शत्रु आक्रमण स्थलहरूको निरीक्षण भइरहेको छ’, टेरेखोभले सहरका बासिन्दाहरूलाई ‘सावधान रहन’ आग्रह गर्दै भने।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यरमाकले रुसले किएभ, खार्किभ र अन्य सहरहरूमा ‘अहिले मिसाइल र ड्रोनद्वारा’ आक्रमण गरिरहेको बताए।
 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ०० बजे

चार दिनदेखि मोरङको बेलबारीका चार बालिका बेपत्ता

मोरङ – मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीबाट एकै स्थानका चार जना

बाख्रा उपहार पाएपछि महिला खुसी

बागलुङ – काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको

झापामा चितुवा आतङ्कको त्रास

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो

हामी कहाँ नालायक भयौं ? एउटा राष्ट्रिय सम्मेलन गरौं *

म कुनै आवेगमा भन्दै छैन, यो नेपाली जातका अझै ठूला

परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको