किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते « Khabarhub

किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनको राज्य आपतकालीन सेवाले बिहीबार बिहान किएभमा भएको ‘विशाल’ क्षेप्यास्त्र आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको बताएको छ । किएभले यो आक्रमणलाई तीन वर्षको युद्धमा राजधानीमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएको छ ।

युक्रेनी अधिकारीहरूले मिसाइल आक्रमणको चेतावनी जारी गरेको र एएफपीका पत्रकारहरूले राजधानीभरि विस्फोटको आवाज सुनेको बताएका छन् 

‘रुसले किएभमा ठूलो संयुक्त आक्रमण सुरु गरेको छ’, युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राममा टोल अपडेट गर्दै भनेको छ, ‘प्रारम्भिक तथ्यांकअनुसार नौ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् ।’

अस्पतालमा भर्ना भएका ४२ जना मध्ये छ जना बालबालिका थिए । आक्रमणले राजधानीका पाँच जिल्लामा क्षति पुगेको छ भने प्रशासनिक भवनहरूमा आगलागी समेत भएको छ ।

राज्य आपतकालीन सेवाका अनुसार आक्रमणले आवासीय भवनहरूलाई क्षति पुर्‍याउँदा भग्नावशेषमुनि परेका मानिसहरूको खोजी जारी छ । 

यस अघि किएभमा अप्रिलको सुरुमा मिसाइल प्रहार हुँदा कम्तीमा तीन जना घाइते भएका थिए । सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो पूर्ण आक्रमण सुरु गरेदेखि यो छिटपुट आक्रमणको लक्ष्य बनेको छ ।

युक्रेनको पूर्वमा खार्किभ सहरमा बिहीबार बिहान सातवटा क्षेप्यास्त्र प्रहार भएको सहरका मेयर इगोर टेरेखोभले बताए। पछि उनले यो ‘एकै रातमा दोस्रो पटक क्रुज क्षेप्यास्त्र आक्रमणमा परेको’ बताए।

‘हालैको एउटा आक्रमणमा सघन जनसङ्ख्या भएको आवासीय क्षेत्रमा प्रहार भएको छ। त्यहाँ दुई जना घाइते भएका थिए । शत्रु आक्रमण स्थलहरूको निरीक्षण भइरहेको छ’, टेरेखोभले सहरका बासिन्दाहरूलाई ‘सावधान रहन’ आग्रह गर्दै भने।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यरमाकले रुसले किएभ, खार्किभ र अन्य सहरहरूमा ‘अहिले मिसाइल र ड्रोनद्वारा’ आक्रमण गरिरहेको बताए।
 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ०० बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड