सरकारलाई गगन थापाले भने- शिक्षकका मागमा मन्त्रिपरिषद्बाट हुनेजति निर्णय गर्नुपर्‍यो « Khabarhub

सरकारलाई गगन थापाले भने- शिक्षकका मागमा मन्त्रिपरिषद्बाट हुनेजति निर्णय गर्नुपर्‍यो


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरू सबैलाई मूल कुरा छोडेर महाधिवेशन लागिसकेको भन्दै आपत्ति जनाएका छन् । 

लोकतन्त्र दिवसको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा उनले समय अगावै नेताहरूलाई महाधिवेशन लागिसकेको भन्दै आपत्ति जनाएका हुन् ।  

‘पार्टीमा गुट होइन, गिरोह बनेको छ । तल्लो तहसम्म बनेको छ । गुट भए आफू हुने, नभए नहुने भइसक्यो,’ महामन्त्री थापाले भने, ‘मूल कुरा छोडेर सबैलाई अहिले नै अधिवेशन लागेको छ । मुखले नभनेका मात्रै हुन् ।’ 

महामन्त्री थापाले आगामी निर्वाचन हारे पनि, जिते पनि सबै मिलेर कांग्रेसलाई लोकतन्त्र बचाउन भरोसा दिलाउने पार्टी बनाउनुपर्नेमा जोड दिए । ‘छोडिदिनुस् मिसन ०८४ । हारे हारौँला, जिते जितौँला,’ उनले भने, ‘लोकतन्त्र बचाउन भरोसा दिलाउने गरी पार्टी बनाउनु पर्नेछ ।’   

महामन्त्री थापाले काठमाडौंमा आन्दोलित सामुदायिक विद्यालयका शिक्षकहरूले अघि सारेका मागमा कांग्रेसको धारणा स्पष्ट भएको पनि बताए ।  उनले संसद्बाट हुने काम गर्न नसकिएको प्रति शिक्षकहरूसँग माफी पनि मागे । 

‘शिक्षकको कुरा आयो कांग्रेस क्लियर छ । तर, माफी चाहन्छौँ– संसद्बाट हुनुपर्ने कुरा ढिलो भयो । दोषको हिस्सेदार हौँ,’ महामन्त्री थापाले भने, ‘शिक्षकका विषयमा सरकारले लोभ–लालच नराखी मन्त्रिपरिषद्बाट हुने निर्णय जति गर्नुपर्‍यो ।’

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : २४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५