सरकारलाई गगन थापाले भने- शिक्षकका मागमा मन्त्रिपरिषद्बाट हुनेजति निर्णय गर्नुपर्‍यो « Khabarhub

सरकारलाई गगन थापाले भने- शिक्षकका मागमा मन्त्रिपरिषद्बाट हुनेजति निर्णय गर्नुपर्‍यो


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरू सबैलाई मूल कुरा छोडेर महाधिवेशन लागिसकेको भन्दै आपत्ति जनाएका छन् । 

लोकतन्त्र दिवसको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा उनले समय अगावै नेताहरूलाई महाधिवेशन लागिसकेको भन्दै आपत्ति जनाएका हुन् ।  

‘पार्टीमा गुट होइन, गिरोह बनेको छ । तल्लो तहसम्म बनेको छ । गुट भए आफू हुने, नभए नहुने भइसक्यो,’ महामन्त्री थापाले भने, ‘मूल कुरा छोडेर सबैलाई अहिले नै अधिवेशन लागेको छ । मुखले नभनेका मात्रै हुन् ।’ 

महामन्त्री थापाले आगामी निर्वाचन हारे पनि, जिते पनि सबै मिलेर कांग्रेसलाई लोकतन्त्र बचाउन भरोसा दिलाउने पार्टी बनाउनुपर्नेमा जोड दिए । ‘छोडिदिनुस् मिसन ०८४ । हारे हारौँला, जिते जितौँला,’ उनले भने, ‘लोकतन्त्र बचाउन भरोसा दिलाउने गरी पार्टी बनाउनु पर्नेछ ।’   

महामन्त्री थापाले काठमाडौंमा आन्दोलित सामुदायिक विद्यालयका शिक्षकहरूले अघि सारेका मागमा कांग्रेसको धारणा स्पष्ट भएको पनि बताए ।  उनले संसद्बाट हुने काम गर्न नसकिएको प्रति शिक्षकहरूसँग माफी पनि मागे । 

‘शिक्षकको कुरा आयो कांग्रेस क्लियर छ । तर, माफी चाहन्छौँ– संसद्बाट हुनुपर्ने कुरा ढिलो भयो । दोषको हिस्सेदार हौँ,’ महामन्त्री थापाले भने, ‘शिक्षकका विषयमा सरकारले लोभ–लालच नराखी मन्त्रिपरिषद्बाट हुने निर्णय जति गर्नुपर्‍यो ।’

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : २४ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन