मन्त्रीले आश्वासन दिएपनि विश्वस्त हुने आधार छैन, आन्दोलन जारी रहनेछ : चिकित्सक संघ  | Khabarhub Khabarhub

मन्त्रीले आश्वासन दिएपनि विश्वस्त हुने आधार छैन, आन्दोलन जारी रहनेछ : चिकित्सक संघ 


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आश्वासन दिएपनि आफ्नो माग सम्बोधन हुने नदेखिएको भन्दै आन्दोलन जारी रहने बताएका छन् । 

खबरहबसँग कुरा गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले भने, ‘स्वास्थ्यमन्त्री पौडेलले माग सम्बोधन गर्ने आश्वासन दिएपनि विश्वस्त हुने आधार छैन ।’ माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रम यथावत् रहने कार्कीले बताए । 

सरकारी सरह निर्वाह भत्ताको माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू विगत २९ दिनदेखी आन्दोलन गरिरहेका छन् । 

आन्दोलनकै क्रममा स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुगेका उनीहरूलाई मन्त्री पौडेलले वार्तामा बोलाएर सरकारी सरह निर्वाह भत्ता दिनुपर्ने विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गरिसकेको र यो निर्णयबाट सरकार पछि नहट्ने बताएका छन् । 

निजी मेडिकल कलेजले पनि सरकारले तोके अनुसार रु ४८ हजार दिनु पर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने र यदि नगरेको खण्डमा मन्त्रालयसँग सरोकार राख्ने कुनै पनि काम अघि नबढ्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ३९ बजे

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य

काठमाडौं – प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको