प्रधानमन्त्री ओलीले राजावादी सिद्धान्तलाई दिए ‘पाखण्डी’को संज्ञा | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले राजावादी सिद्धान्तलाई दिए ‘पाखण्डी’को संज्ञा


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै कोही पनि व्यक्ति सर्वश्रेष्ठ नहुने बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रममा बोल्दै ओली राजावादीमाथि खनिएका हुन् ।

उनले देश संघीय लोकतान्त्रिक व्यवस्थामा गइसकेको अवस्थामा जन्मिँदैमा कसैलाई सर्वश्रेष्ठ मान्ने कुरा अब फर्केर नआउने बताए ।

‘जन्मिँदै श्रेष्ठताको कुनै वैज्ञानिक आधार नभएको पाखण्डी सिद्धान्त, कुल घरानाका आधारमा, जन्मका आधारमा श्रेष्ठता भनेर चलाइने वैधानिक आधार कुनै नभएको अवैज्ञानिक एउटा पाखण्डी सिद्धान्तको आधारमा शासन गर्न खोज्ने सामन्ती युगलाई फेरि फर्काउने आवाज पनि कता–कता सुनिन थालेका छन्,’ उनले भने ।

प्रधानमन्त्रीले चैत १५ गते राजावादीले तीनकुनेमा मच्चाएको वितण्डाबाट उनीहरूले कस्तो शासन चलाउन खोजेका छन् भन्ने कुरा देखिसकेको पनि बताए ।

‘प्रतिगमनतर्फ देशलाई लानका लागि जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरहरु पार्टीका कार्यालयहरु, त्यसै गरेर व्यापारिक प्रतिष्ठानहरु अथवा मिडियाका कार्यालयहरु माथि आक्रमण हुने एउटा जंगली होइन, राक्षसी प्रवृत्ति देखाएर फेरि यिनले कस्तो शासन थोप्न खोजेका छन् ? कुन तानाशाही ल्याउन खोजेका छन् भन्ने कुरा स्पष्ट देखाएका छन्,’ उनले भने ।

उनले देशमा गणतन्त्र आएयता देशमा केही भ्रम रहँदा अलमलिनपुरेको बताए । तर अब देशले स्पष्ट खाकासहित अघि बढ्ने दृष्टिकोण पाइसकेको बताए ।

ओलीले अब युवाले देशको नेतृत्वल लिनुपर्ने समय आएको बताएका छन् । युवाको काँधमा देशको नेतृत्व हस्तान्तरण गर्ने समय आइरहेको पनि उनले बताए ।

‘युवाहरूले देश बनाउने संकल्प गर्नुपर्छ । संकल्पलाई साकार बनाउनुपर्छ’, उनले भने, ‘संकल्पलाई देश विकासको बाटोमा लगेर साकार बनाउन लागौँ ।’

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ४३ बजे

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

अमेरिका– नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

भरतपुर– चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् ।

सहमतिबाट मात्र निकास सम्भव छ : झलनाथ खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

कञ्चनपुर– भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै