गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु | Khabarhub Khabarhub

गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजा पट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० जना प्रहरी अधिकृतको पनि ज्यान गएको हो।

यस आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ। घाइतेहरूलाई गाजा सहरको अल-शिफा अस्पताल लगिएको छ। उद्धारकर्मीहरूले  आवश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न गाह्रो भइरहेको बताएका छन्।

इजरायली सेनाले  उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमान्ड केन्द्र भएको दाबी गरेको छ। सेनाले आक्रमण गर्दा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सावधानी अपनाएको जनाएको छ।

अन्य हवाई आक्रमणहरू गाजा सहर, खान युनिस र देइर अल-बालाह क्षेत्रमा पनि भएको जनाइएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च १८ पछि सुरु भएका आक्रमणहरूमा हालसम्म एक  हजार ९७८ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ। 

अक्टोबर सन् २०२३ देखि हालसम्मको कुल मृत्यु सङ्ख्या ५१ हजार ३५५ पुगेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ६ : २६ बजे

नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

ललितपुर – नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

रातो मच्छिन्द्रनाथ दश वर्षपछि मन्दिरमा विराजमान (तस्बिरहरू)

काठमाडाैं । रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार जावलाखेलस्थित रथबाट रातो

कञ्चनपुरबाठ ट्रकसहित अवैध काठ बरामद

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ बल्मीबाट प्रहरीले ट्रकसहित १६३ दशमलव ९७

मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं – सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा

कमल थापा र दीपक सिंहसहित सात जना रिहा, एक जना हिरासतमै

काठमाडौं – राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका