अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा « Khabarhub

अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको बराहक्षेत्र–१ स्थित सप्तकोशी नदीमा बगेर बेपत्ता भएका खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उहाँका भाञ्जा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य अझै फेला परेका छैनन् ।

वैशाख ८ गते बिहान साढे ८ बजे आसपासमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका थिए । सप्तकोशीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

उनले भने, “मानिस बगेको खबर पाएलगत्तै स्थानीयवासीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरको टोली परिचालन भएको छ, अहिलेसम्म पत्ता लगाउन सकेका छैनौँ, खोजी जारी छ ।” बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका उहाँहरु नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १० : २६ बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले