अनेरास्ववियु महाधिवेशन : प्रतिनिधि छनोट प्रक्रिया आजदेखि « Khabarhub

अनेरास्ववियु महाधिवेशन : प्रतिनिधि छनोट प्रक्रिया आजदेखि


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ ।

महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया आजदेखि एकसाथ देशैभर सुरु भएको अनेरास्ववियुका केन्द्रीय प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

प्रतिनिधि छनोट प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक, पारदर्शी र सङ्गठनात्मक विधिअनुसार सञ्चालन हुने उनको भनाइ छ ।

अनेरास्ववियुले ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नारा तय गरेको छ ।

सङ्गठनका सम्पूर्ण कार्यकर्ता, विद्यार्थीहरू तथा शुभेच्छुकहरूलाई प्रतिनिधि छनोट प्रक्रिया सफल पार्न सहयोग र ऐक्यबद्धता जनाउन अनेरास्ववियुले आग्रह समेत गरेको छ । 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ८ : ५४ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।