हावाहुरीले अकबरे खुर्सानीमा क्षति, किसान चिन्तित « Khabarhub

हावाहुरीले अकबरे खुर्सानीमा क्षति, किसान चिन्तित


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भोजपुर– वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति भएपछि भोजपुर बोखिमका किसान चिन्तित बनेका छन् ।

हुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् ।

निरन्तरको वर्षाले फल्ने बेला भएको खुर्सानीमा क्षति भएको कृषक कुमार विष्टले बताए । राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ ।

बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् । मल्चिङ प्रविधिबाट यहाँका किसानले खुर्सानीको खेती गरिरहेका छन् ।

पछिल्लो समय दैविक प्रकोपको अलावा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, कीरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ ।

भोजपर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ९ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै