गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा « Khabarhub

गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

इजरायल – शुक्रबार बिहान नै गाजामा इजरायलले आक्रमण गर्दा कम्तीमा ७६ जनाको ज्यान गएको छ। गाजामा एकातर्फ इजरायली आक्रमण जारी छ। अर्कोतर्फ राहतको अभाव पनि त्यत्तिकै छ। जबालियमा रहेको शरणार्थी शिविरमा आक्रमण गर्दा ५० जना मारिएको तथा हराइ रहेको बताइएको छ। त्यहाँका बासिन्दा इजरायली सेनाले रमाइलो मानेर आक्रमण गर्ने गरेको बताउँछन्।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेस युद्धमा क्रुर हुने सीमाको पनि अन्तिम अवस्थामा पुगेको बताउँछन्।

मध्यपूर्वको अशान्ति यत्तिमा मात्र सीमित छैन। यमनको हुथी समुदायले धम्की दिएका कारण जुलाइको अन्त्यसम्मका लागि ब्रिटिस एयरवेजले इजरायलमा उडान बन्द गरेको छ। एकपछि अर्को व्यक्ति मर्ने क्रम जारी छ। भोकमरीको कारण ज्यान गुमाउनेमा धेरै बालबालिका छन्।

आवश्यक भन्दा एकदमै थोरै मात्रामा खाद्यान्न पुगेका कारण लाइन लागेर बसेका छन् भने कोही थप राहत आउने आसमा बसेका छन्। लगातारको आक्रमण, खाद्यान्न अभाव र औषधी उपचारको समेत अभाव भएपछि उत्तरी गाजा भित्रन थालेका छन्। उत्तरी गाजाका धेरै गाउँहरू अहिले रित्तिन थालेका छन्।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ९ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै