गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा « Khabarhub

गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

इजरायल – शुक्रबार बिहान नै गाजामा इजरायलले आक्रमण गर्दा कम्तीमा ७६ जनाको ज्यान गएको छ। गाजामा एकातर्फ इजरायली आक्रमण जारी छ। अर्कोतर्फ राहतको अभाव पनि त्यत्तिकै छ। जबालियमा रहेको शरणार्थी शिविरमा आक्रमण गर्दा ५० जना मारिएको तथा हराइ रहेको बताइएको छ। त्यहाँका बासिन्दा इजरायली सेनाले रमाइलो मानेर आक्रमण गर्ने गरेको बताउँछन्।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेस युद्धमा क्रुर हुने सीमाको पनि अन्तिम अवस्थामा पुगेको बताउँछन्।

मध्यपूर्वको अशान्ति यत्तिमा मात्र सीमित छैन। यमनको हुथी समुदायले धम्की दिएका कारण जुलाइको अन्त्यसम्मका लागि ब्रिटिस एयरवेजले इजरायलमा उडान बन्द गरेको छ। एकपछि अर्को व्यक्ति मर्ने क्रम जारी छ। भोकमरीको कारण ज्यान गुमाउनेमा धेरै बालबालिका छन्।

आवश्यक भन्दा एकदमै थोरै मात्रामा खाद्यान्न पुगेका कारण लाइन लागेर बसेका छन् भने कोही थप राहत आउने आसमा बसेका छन्। लगातारको आक्रमण, खाद्यान्न अभाव र औषधी उपचारको समेत अभाव भएपछि उत्तरी गाजा भित्रन थालेका छन्। उत्तरी गाजाका धेरै गाउँहरू अहिले रित्तिन थालेका छन्।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ९ : ५२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा