डब्लूएचओ प्रमुख भारतीय प्रधानमन्त्रीसँग कृतज्ञ « Khabarhub

डब्लूएचओ प्रमुख भारतीय प्रधानमन्त्रीसँग कृतज्ञ


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कृतज्ञता जाहेर गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै डब्लूएचओ प्रमुख गेब्रेयससले प्रधानमन्त्री मोदीप्रति कृतज्ञता जाहेर गरेका हुन् ।

यसअघि स्विट्जरल्याण्डको जेनेभामा आयोजित डब्लूएचओको सम्मेलनलाई मोदीले भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

सामाजिक सञ्जालमा गेब्रेयससले लेखेका छन्, ‘महामारी सम्झौता पारित गर्नका लागि आयोजित विश्व स्वास्थ्य संगठनको ७८ औँ सम्मेलनमा सहभागी हुनुभएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई नमस्ते । डब्लूएचओप्रति भारतको प्रतिबद्धता र सहयोगप्रति हामी कृतज्ञ छौँ ।’

डब्लूएचओको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विश्वव्यापी स्वास्थ्य पहलमा भारतको योगदानबारे चर्चा गरेका थिए । सम्बोधनका क्रममा उनले भारतमा सञ्चालित आयुष्मान भारत कार्यक्रमबाट ५८ करोड मानिसहरु लाभान्वित भइरहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ३ : ४२ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,