एमक्यूएमका संस्थापक अल्ताफ हुसैनद्वारा उत्तरी वजिरिस्तानमा भएको ड्रोन आक्रमणको निन्दा « Khabarhub

एमक्यूएमका संस्थापक अल्ताफ हुसैनद्वारा उत्तरी वजिरिस्तानमा भएको ड्रोन आक्रमणको निन्दा


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम) का संस्थापक अल्ताफ हुसैनले उत्तरी वजिरिस्तानमा भएको ड्रोन आक्रमणको निन्दा गरेका छन् । उत्तरी वजिरिस्तानको तहसिल मीर अलीस्थित हर्मुज गाउँमा भएको आक्रमणका कारण एक जना महिला र चार जना बालबालिकाको मृत्यु भएको थियो ।

अल्ताफ हुसैनले घटनालाई दुःखद र अमानवीयको संज्ञा दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसलाई उनले मानव अधिकारको गम्भीर उल्लंघन भएको समेत उल्लेख गरेका छन् ।

उनले यस्तो आक्रमणको वैधानिकता र नैतिकताबारे पनि प्रश्न उठाएका छन् । अल्ताफ हुसैनले घटनाबारे निष्पक्ष र पारदर्शी छानबिनको पनि माग गरेका छन् ।

उनले घटनामा मारिएकाहरुलाई न्याय दिलाउन पनि माग गरेका छन् । यसअघि उनले भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंककारी आक्रमणको पनि निन्दा गरेका थिए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १२ : ५३ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,