बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते « Khabarhub

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरमा आज बिहान बसको ठक्क्रबाट मोटरसाइकल चालकको मृत्यु भएको छभने मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

ललितपुर महानगरपालिका–४ स्थित एकान्तकुना–खरिबोट खण्डमा बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौँको नैकाप बस्ने गोरखाका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको अल्का अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको उनले बताए ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार नम्रता लामिछाने र निजका छोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जोशीले बताए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ९ : २९ बजे

किताब बगाएपछि बालबालिकालाई पढाइको पिर

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस