सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु « Khabarhub

सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

सियरा लियोन – सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म दर्ता भएका एमपोक्सका बिरामीको सङ्ख्या तीन हजार ११ पुगेको छ भने १४ जनाको मृत्यु भएको नयाँ सरकारी तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले स्थानीय समयअनुसार शुक्रबार राति सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पश्चिम अफ्रिकी मुलुक सियरालियोनका सबै क्षेत्रमा अहिले संक्रमण पुष्टि भएको छ ।

नयाँ तथ्याङ्कले १० दिनअघि मे १३ मा दुई हजार ४५ जना सङ्क्रमित र ११ जनाको मृत्यु भएको अघिल्लो अद्यावधिकको तुलनामा सङ्क्रमित दर करिब ५० प्रतिशतले वृद्धि भएको देखाउँछ ।

एमपोक्स बिफर जस्तै सङ्क्रमित विरामीबाट सर्ने एक सङ्क्रामक रोग हो । ज्वरो आउने, रूघा लाग्ने, छालामा घाउमा देखा पर्ने र लामो समयसम्म निको नहुने यसका सामान्य लक्षण हुन् ।

सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पहिलो पटक पहिचान गरिएको यो रोग सन् २०२२ देखि व्यापक रूपमा फैलिनुअघि सामान्यतया एक दर्जन अफ्रिकी देशहरूमा मात्र सीमित थियो।

डब्लुएचओले सन् २०२४ मा एमपक्स सङ्क्रमणबाट जोगिन उच्च स्तरको चेतावनी जारी गरेको थियो ।

सङ्क्रमण बढेसँगै राजधानी फ्रीटाउनमा रहेको प्रहरी प्रशिक्षण केन्द्रलाई ४०० शैयाको अस्पताल बनाई उपचार सेवा दिन थालिएको सियरा लियोनका अधिकारीहरूले बताएका छन् ।

एक दशकअघि सियरा लियोन इबोला महामारीबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक थियो । इबोलाका कारण यहाँ सन् २०१४ देखि २०१६ को बीचमा करिब चार हजार व्यक्तिको मृत्यु भएको थियो ।

अन्य अफ्रिकी राज्यहरूमा एमपक्सको सङ्क्रमणहरू बढिरहेको देखिएको छ । विशेष गरी कङ्गो, रुवान्डा, तान्जानिया, बुरुन्डी र केन्यामा एमपक्सबाट हजारौँ व्यक्ति सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १० : ५३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा