घोराहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा | Khabarhub Khabarhub

घोराहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङ घोराहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यका रूपमा  विकास हुँदै गएको छ । घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दहमा दैनिक एक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

अन्य दिनको तुलनामा भन्दा बिदाको दिनमा यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका ज्यामिरे दह सामुदायिक उपभोक्ता समूहकी अध्यक्ष रिना बस्नेतले बताइन् । उनका अनुसार अन्य समयमा ८० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउनेमा बिदाका दिनमा एक सयभन्दा बढी आउने गरेका छन् ।

दहमा पानीको ताल ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ज्यामिरे दह सामुदायिक वन ४८३ दशमलव पाँच हेक्टर क्षेत्रफलमा अवस्थित छ । पर्यटकलाई आकर्षण गर्न यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना बनाइएको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार दहलाई पर्यटकीय क्षेत्र बनाउन डुङ्गा सञ्चालन गरिएको छ ।

तालमा डुङ्गासहित पानीमा पौडन मिल्ने ‘लाइफ ज्याकेट’को व्यवस्था गरिएको डुङ्गा सञ्चालक आइते विकले बताए । पछिल्लो समय डुङ्गा सवार गर्ने, पौडी खेल्ने र पिकनिक खान दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेका उनको भनाइ छ ।

‘प्राकृतिक रूपमा रहेको तालको स्तरवृिद्ध गरी ड्याम निर्माण गरिएको छ । दह निर्माण भएसँगै सौन्दर्य हेर्न लायक बनेको पर्यटक बताउँछन् । ताल अवलोकनमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको हो’, उनले भने ।

डुङ्गा सञ्चालकका अनुसार बिदा र चाडपर्वको समयमा डुङ्गा सयर गर्नेको घुइँचो लाग्ने गर्दछ । डुङ्गा सयर गरेबापत प्रतिव्यक्ति एक सयको टिकटको व्यवस्था गरिएको जनाउँदै आइते डुङ्गामा ताल घुम्न १५ देखि ४० मिनेटसम्म लाग्ने बताए ।

ज्यामिरे दह पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै यहाँको व्यापार पनि बढ्न थालेको उनको भनाइ छ । दहमा दाङसहित बुटवल, नेपालगञ्ज, बर्दियाबाट पर्यटक आउने गरेका आइतेले जानकारी दिए ।

दहको विकासका लागि प्रतिक्षालय, खानेपानीलगायत पूर्वाधार विकास गर्न सके पर्यटकलाई सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने घोराही–१० की सनम डिसीले बताइन् । ‘प्रतिक्षालय नहुँदा अत्यधिक गर्मी र पानी पर्दा बस्न समस्या हुने गरेको छ । यस क्षेत्रको विकास गर्न सके पर्यटकीय सम्भावना छन् । स्थानीयको आयस्रोत वृद्धि हुनुका साथै रोजगारीका अवसर सृजना हुनेछन्’, उनले भनिन् ।

यहाँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले पहल गर्नुपर्नेमा घोराही– १५ की रेखा केसीले जोड दिइन् वर्षायामको समय भएकाले यहाँको सौन्दर्य हेर्न, डुङ्गामा सयर गर्न आन्तरिक पर्यटक आउने भएकाले दहलाई थप व्यवस्थित गर्नुपर्ने उनले बताइन् । (रासस)

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ८ : ०९ बजे

‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ मिलनराज तुलाधरलाई

काठमाडौं– नन्द प्रसाद जानुका फाउन्डेशनले शिक्षासेवी मिलनराज तुलाधरलाई ‘नन्द प्रसाद

जापानद्वारा अछामको बयालपाटा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

काठमाडौं– अछामको साँफेबगर नगरपालिकामा अवस्थित बयालपाटा अस्पतालमा जापान सरकारले प्रदान

युद्धविरामसँगै इरानी आक्रमणमा ५ इजरायलीको मृत्यु, इरानका अर्का वैज्ञानिक मारिए

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेपछि पनि इरान

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ ।

चिनोबानो हराएको ढुङ्गे रेल !

चतरा (सुनसरी) – ओहोरदोहोर गर्नेहरूकै स्मृतिमा पनि धुमिल हुँदैछ त्यो