क्लब विश्वकप : पिएसजी समूहको विजेता बन्दै दोस्रो चरणमा | Khabarhub Khabarhub

क्लब विश्वकप : पिएसजी समूहको विजेता बन्दै दोस्रो चरणमा


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ।

सोमबार राति भएको खेलमा सिटल सन्डर्सलाई २-० ले हराउँदै पिएसजी दोस्रो चरणमा प्रवेश गरेको हो।

युरोपेली च्याम्पियन्स पिएसजी समूह ‘बी’को विजेता बन्दै दोस्रो चरण प्रवेश गरेपछि दोस्रो चरणमा समूहको ‘ए’को उपविजेतासँग खेल्ने छ। सायद समूह ‘ए’को उपविजेता इन्टर मिलान या पल्मेराइसु मध्य एक हुने छन्।

३५ औँ मिनेटमा क्राभेत्सेलाको गोलमा अग्रता लिएको पिएसजीका लागि अक्राफ हाकिमीले ६६ औँ मिनेटमा अर्को गोल गरे।

समूह ‘बी’को अर्को खेलमा एट्लेटिको म्याड्रिडले बोटाफागोलाई १–० ले हरायो। एट्लेटिकोका लागि एन्टेनियो ग्रिजम्यानले ८७ औँ मिनेटमा गोल गरे।

समूह ‘बी’मा पिएसजी, बोटाफागो र म्याड्रिडको समान ६ अङ्क भएपछि गोल अन्तरको आधारमा बोटाफागो दोस्रो र म्याड्रिड तेस्रो भए। बोटाफागो समूहमा दोस्रो हुँदै अर्को चरणमा प्रवेश गरेको छ भने इन्टर मिलान बाहिरिएको छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ८ : ४९ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र