बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसीसी तालिम « Khabarhub

बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसीसी तालिम


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । पाटन नगरपालिका– ९ को ज्ञानेश्वर नमूना मावि र मेलौली नगरपालिका– ७ को मणिलेक माविमा विद्यार्थीका लागि एनसीसी तालिम सुरु गरिएको हो ।

सोमबारदेखि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि जुनियर डिभिजनको राष्ट्रिय सेवा दल तालिम सुरु भएको श्री बक्स गुल्म बैतडीका गुल्मपति सेनानी सफल थापाले जानकारी दिए । उनका अनुसार दुवै विद्यालयबाट ३०–३० जना विद्यार्थी एनसीसी तालिममा छनोट गरिएको छ ।

‘एउटा विद्यालयबाट १५ छात्र र १५ छात्रालाई छनोट गरिएको छ’, उनले भने, ‘छनोट भएका विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिनेछ ।’ यसका साथै सैन्य, मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइनेछ ।

एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमा सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुने सेनानी थापाले जानकारी दिए । उनका अनुसार विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायत विषयमा जानकारी गराइने छ ।

तालिमपश्चात विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकाससँगै उनीहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयमा प्रधानाध्यापक पुष्पराज जोशीले बताए । (रासस)

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ०४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल