सत्तारुढ दलको बैठक बालुवाटारमा जारी « Khabarhub

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।

सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ । बजेट पारित गर्नुअघि सत्तारुढ दलको बैठक बसेको हो ।

सत्तारुढ दलहरू एमाले र कांग्रेसले सोमबार नै आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेता सहभागी छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ४७ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको