‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ मिलनराज तुलाधरलाई « Khabarhub

‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ मिलनराज तुलाधरलाई


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नन्द प्रसाद जानुका फाउन्डेशनले शिक्षासेवी मिलनराज तुलाधरलाई ‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । 

फाउन्डेशनले नन्द प्रसाद स्मृति दिवसको अवसरमा यस वर्षको ‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ बाट तुलाधरलाई प्रदान गर्ने घोषणा गरेको हो ।  

पुरस्कार तथा सम्मान छनौट समितिले गरेको सिफारिसको आधारमा फाउन्डेशन सञ्चालक समितिको बैठकले रसियाका लागि पूर्व राजदूत रहिसकेका दोलखाको क्षमावती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तुलाधरलाई २५ हजार रुपैयाँ नगद राशी र सम्मान पत्रसहित सम्मानित गर्ने घोषणा गरेको अध्यक्ष अजयबाबु शिवाकोटीले जानकारी दिए । 

उनले आगामी भदौ ४ गते नन्द प्रसाद शिवाकोटीको जन्म जयन्तीको अवसरमा काठमाडौंमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने पनि बताए ।

फाउन्डेशनले दोलखाको शैक्षिक उन्नयन तथा सामाजिक रूपान्तरणका माध्यमबाट समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने व्यक्तिहरूलाई सम्मानित र पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : २७ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड