‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ मिलनराज तुलाधरलाई « Khabarhub

‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ मिलनराज तुलाधरलाई


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नन्द प्रसाद जानुका फाउन्डेशनले शिक्षासेवी मिलनराज तुलाधरलाई ‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । 

फाउन्डेशनले नन्द प्रसाद स्मृति दिवसको अवसरमा यस वर्षको ‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ बाट तुलाधरलाई प्रदान गर्ने घोषणा गरेको हो ।  

पुरस्कार तथा सम्मान छनौट समितिले गरेको सिफारिसको आधारमा फाउन्डेशन सञ्चालक समितिको बैठकले रसियाका लागि पूर्व राजदूत रहिसकेका दोलखाको क्षमावती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तुलाधरलाई २५ हजार रुपैयाँ नगद राशी र सम्मान पत्रसहित सम्मानित गर्ने घोषणा गरेको अध्यक्ष अजयबाबु शिवाकोटीले जानकारी दिए । 

उनले आगामी भदौ ४ गते नन्द प्रसाद शिवाकोटीको जन्म जयन्तीको अवसरमा काठमाडौंमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने पनि बताए ।

फाउन्डेशनले दोलखाको शैक्षिक उन्नयन तथा सामाजिक रूपान्तरणका माध्यमबाट समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने व्यक्तिहरूलाई सम्मानित र पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : २७ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले