वीरेन्द्रनगरमा बसाइँ सरी आउनेलाई स्वागत गर्न ‘ज्ञान बैंक स्थापना गर्ने’ | Khabarhub Khabarhub

वीरेन्द्रनगरमा बसाइँ सरी आउनेलाई स्वागत गर्न ‘ज्ञान बैंक स्थापना गर्ने’

अब उपमहानगरपालिका बनाइने


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको राजधानीको रूपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमहरू ल्याएको छ । 

नगरपालिका कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ बसाइँसराइ आउनेको सीप, क्षमता र उनीहरूको विकास र समृद्धिका लागि ‘ज्ञान बैंक स्थापना’ गर्ने भएको हो । 

प्रदेशको राजधानी शहरमा पाइने सुविधाको खोजीमा कर्णालीबाट मात्रै हैन कर्णाली बाहिरका जिल्लाहरूबाट पनि यस नगरपालिकामा भइरहेको उच्च आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्नुपर्ने नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । 

‘सम्भावनाको खोजी गर्दै बसाइँसराइ भई आएकाहरूलाई स्वागत गर्दै उनीहरूसँग भएको रैथाने सीप र क्षमता नगरको विकास र समृद्धिमा उपयोग गर्न ज्ञान बैंकको  स्थापना गरी नगरलाई समृद्ध बनाउँदै लैजाने छ,’ उनले भनिन्,‘थप सृजनात्मक भएर यो नगरपालिका अगाडि बढिरहेको छ ।’

प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्दैं पूर्वाधार तथा सामाजिक र समावेशीकरण विकासको क्षेत्रलाई अगाडि बढाएका र नेपाल सरकारको मापदण्ड अनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसंख्या र राजस्व पुर्‍याउन सफल नगरपालिका भएको हुँदा यस नगरपालिकालाई उपमहानगरपालिकाको रूपमा विकास गर्न वीरेन्द्रननगर नगरपालिकाको ४९ औँ स्थापना दिवसको अवसर पारी प्रदेश सरकारलाई आवश्यक प्रक्रिया अगाडि बढाई स्तरोन्नतिको प्रक्रियाका थालनी गरेको प्रमुख ढकालले जानकारी दिइन् । 

‘प्रदेश राजधानी भए सँगै यो नगरपालिका प्रचुर सम्भावना बढेर गएका छन्,’ उनले भनिन्,‘दिन प्रतिदिन उच्च जनसंख्या वृद्धिको अवस्था रहेको यस नगरपालिकामा सीमित स्रोत र साधनका कारण समुदायको आकांक्षालाई पूर्ण सम्बोधन गर्न सकिएको छैन । तर पनि नगरपालिकाका सामु उपलब्ध सीमित स्रोत र साधनबाट आशातीत नतिजा हासिल गर्नुपर्ने हुन्छ । ’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : २२ बजे

कञ्चनपुरमा सबैभन्दा बढी वर्षा : सतर्कता अपनाउन आग्रह

कञ्चनपुर – पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल साउन ५ गते सोमबार। साउन

आज २०८२ साल साउन ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ५ गते सोमबार। साउन

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल