बेलायती राजदूत र योजना आयोग उपाध्यक्षबीच भेटवार्ता « Khabarhub

बेलायती राजदूत र योजना आयोग उपाध्यक्षबीच भेटवार्ता


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित भएको भेटवार्तामा द्विपक्षीय सहयोग, योजना कार्यान्वयन र अनुसन्धानका क्षेत्रमा छलफल भएको आयोगले जानकारी दिएको छ ।

भेटका क्रममा उपाध्यक्ष अधिकारीले चालू १६औँ योजना पहिलेभन्दा फरक (विषयगत दृष्टिकोण) मा तयार गरिएको बताउँदै यसको कार्यान्वयन योजना बनाइँदै गरेको जानकारी दिए ।

उनले योजना आयोगले मन्त्रालयहरूसँग छलफल गरी समन्वयात्मक अतिरिक्त लाभ र विरोधाभास अपनाएर कार्ययोजना तयारी अगाडि बढाइएको जानकारी गराए ।

राजदूत फेनले बेलायतमा पनि नीति निर्माण र कार्यान्वयन (समस्या समाधान साझेदारी) बाट गरिएको बताउँदै आयोगले बनाएको कार्य योजनाको प्रशंसा गरे ।

राजदूत फेनले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न आग्रह गर्नुका साथै जलवायु परिवर्तनले नेपाललाई पारेको असर न्यूनीकरण गर्ने लगायत विभिन्न वातावरणीय क्षेत्रमा मिलेर काम गर्ने बताए ।

बेलायतले शैक्षिक, अनुसन्धान र आर्थिक क्षेत्रमा नेपालसँग दीर्घकालीन साझेदारी बढाउन चाहेको र विशेष गरी स्तरोन्नति भएपछि नेपालले सामना गर्न सक्ने व्यापारिक चुनौतीहरू समाधान गर्न बेलायतले सहयोग दिने राजदूत फेनले बताए ।

बेलायतका सरकारी संस्थानहरू र प्रतिष्ठित विश्वविद्यालयहरूसँग नेपालको द्विपक्षीय अनुसन्धान सहयोग बढाउने र अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति पश्चात् नेपालको व्यापारमा पर्ने प्रभाव विषयमा छलफल भएको थियो ।

दुवै पक्षले नेपाल र बेलायतबीच अनुसन्धान, योजना कार्यान्वयन र नीति समन्वय क्षेत्रमा सहकार्य बढाउने सहमति जनाएका छन्‌ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : २२ बजे

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द