बेलायती राजदूत र योजना आयोग उपाध्यक्षबीच भेटवार्ता « Khabarhub

बेलायती राजदूत र योजना आयोग उपाध्यक्षबीच भेटवार्ता


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित भएको भेटवार्तामा द्विपक्षीय सहयोग, योजना कार्यान्वयन र अनुसन्धानका क्षेत्रमा छलफल भएको आयोगले जानकारी दिएको छ ।

भेटका क्रममा उपाध्यक्ष अधिकारीले चालू १६औँ योजना पहिलेभन्दा फरक (विषयगत दृष्टिकोण) मा तयार गरिएको बताउँदै यसको कार्यान्वयन योजना बनाइँदै गरेको जानकारी दिए ।

उनले योजना आयोगले मन्त्रालयहरूसँग छलफल गरी समन्वयात्मक अतिरिक्त लाभ र विरोधाभास अपनाएर कार्ययोजना तयारी अगाडि बढाइएको जानकारी गराए ।

राजदूत फेनले बेलायतमा पनि नीति निर्माण र कार्यान्वयन (समस्या समाधान साझेदारी) बाट गरिएको बताउँदै आयोगले बनाएको कार्य योजनाको प्रशंसा गरे ।

राजदूत फेनले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न आग्रह गर्नुका साथै जलवायु परिवर्तनले नेपाललाई पारेको असर न्यूनीकरण गर्ने लगायत विभिन्न वातावरणीय क्षेत्रमा मिलेर काम गर्ने बताए ।

बेलायतले शैक्षिक, अनुसन्धान र आर्थिक क्षेत्रमा नेपालसँग दीर्घकालीन साझेदारी बढाउन चाहेको र विशेष गरी स्तरोन्नति भएपछि नेपालले सामना गर्न सक्ने व्यापारिक चुनौतीहरू समाधान गर्न बेलायतले सहयोग दिने राजदूत फेनले बताए ।

बेलायतका सरकारी संस्थानहरू र प्रतिष्ठित विश्वविद्यालयहरूसँग नेपालको द्विपक्षीय अनुसन्धान सहयोग बढाउने र अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति पश्चात् नेपालको व्यापारमा पर्ने प्रभाव विषयमा छलफल भएको थियो ।

दुवै पक्षले नेपाल र बेलायतबीच अनुसन्धान, योजना कार्यान्वयन र नीति समन्वय क्षेत्रमा सहकार्य बढाउने सहमति जनाएका छन्‌ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको