ओलम्पियन दीपक बिष्ट कृष्णपुरका सद्भावना दूत « Khabarhub

ओलम्पियन दीपक बिष्ट कृष्णपुरका सद्भावना दूत


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ओलम्पियन दीपक बिष्टलाई सद्भावना दूत घोषणा गरेको छ । पालिकाको १७ औँ नगर सभामा उपप्रमुख द्रोपती रानाद्वारा पेश भएको आगामी वर्षको नीति तथा कार्यक्रममा बिष्टलाई सद्भावना दूत बनाउने उल्लेख छ । 

ओलम्पियन बिष्ट कृष्णपुर नगरपालिका–८ का बासिन्दा हुन् । नगरपालिकाको नीति तथा कार्यक्रममा कृष्णपुर स्वास्थ्य चौकीमा सर्पदंश उपचार केन्द्र, वडा नम्बर ५ मा पर्ने मोहना चोकमा कोल्ड स्टोर स्थापना गर्ने उल्लेख छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षदेखि पूर्वमन्त्री लबरू राना थारुको नाममा ‘लबरू रानाथारु उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस्तै वडा नम्बर ७ मा दक्षिण कोरिया सरकारको सहयोगमा प्रदेशस्तरको टेक्निकल इनिस्ट्च्युट स्थापना गरिने भएको छ । 

नीति तथा कार्यक्रममा नगरपालिकामा तीन वटा रङ्शाला निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइने, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठन–पाठन र दिवा तथा रात्रिकालीन छात्रावास सञ्चालन गरिने पनि उल्लेख छ ।

नगरपालिकाले १५ शय्याको नगर अस्पतालको ठेक्का प्रक्रिया अगाडि बढाउने, दमकल खरिद गर्ने, शव बाहनको व्यवस्था गर्ने र सामुदायिक विद्यालयका लागि स्कुल बसको व्यवस्था गर्ने पनि योजना अघि सारेको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : ४३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल