हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड | Khabarhub Khabarhub

हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित १७औँ नगरसभामा उपप्रमुख राजेशकुमार बानियाँले आगामी आव २०८२/८३ का लागि दुई अर्ब ९० करोड तीन लाख १० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्‌ ।

उक्त सार्वजनिक गरिएको बजेट पुस्तिकाको तथ्याङ्कमा कूल बजेटमध्ये पुँजीगत र चालु खर्चतर्फको रकम विवरण उल्लेख गरिएको छैन ।

उपमहानगरपालिकाका प्रमुख मीना लामाले सो नगरसभाको उद्घाटन गर्दै हेटौँडालाई आधुनिक सुविधा सम्पन्न सहरमा रुपान्तरण गर्न र कृषि उत्पादन, पर्यटन, कला संस्कृतिको विकासलाई अब दीर्घकालीन रुपमा आयोजना बैंकमार्फत कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताइन्‌ ।

उनले हेटौँडा नगरलाई औद्योगिक विकास ग्रामको स्तरमा अभिवृद्धि गर्न, हेटौँडा अस्पताललाई स्तरोन्नति गर्ने, विपन्न दलित आदिवासी जनजातिको स्वास्थ्योपचारमा गुणात्मक सेवा प्रदान गर्न उपमहानगरपालिकाले गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने उल्लेख गरिन्‌ ।

प्रमुख लामाले वनस्पतीखेतीको विस्तार, नगरका सबै वडा समितिमार्फत सर्वसाधारणको सेवालाई थप गतिशील तुल्याउने र हेटौँडा नगरमा बसोबास गर्ने नेपाली नागरिकबाट तेस्रो सन्तानका रुपमा जन्मदिनेलाई प्रोत्साहन गर्न आगामी वर्षदेखि कोषको स्थापना गरिने बताए ।

उक्त अवसरमा उपप्रमुख बानियाँ र वडा नं ४ का वडाध्यक्ष नवीनकुमार सिग्देलले आगामी आवको बजेट दलगत स्वार्थभन्दा माथि उठेर उपमहानगरपालिका क्षेत्रका सबै जनताको आवश्यकता पूरा गर्न भौतिक पूर्वाधार विकासका साथै आर्थिक समृृद्धिलाई जोडने र नगरमा सुशासन ल्याउने कार्यमा स्थानीय नगर कार्य समिति र राजनीतिक दलहरुको बीचमा सहकार्य र समन्वय हुनुपर्ने बताए ।

आज सार्वजनिक गरिएको बजेटमाथि यही असार २७ गतेदेखि सुरु हुने नगरसभाको बैठकमा पूर्ण छलफल गरी पारित गर्ने कार्यसूची रहेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । रासस

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ८ : १२ बजे

काभ्रेमा जनजीवन सामान्य बन्दै

काठमाडौं– नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा

कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध

काठमाडौं– कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

गण्डकी– मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार

कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक