मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी « Khabarhub

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा राखिएको छ ।

मङ्गलबारदेखि सुरू प्रदर्शनीमा ८५ वटा तस्विर राखिएका छन् । तिब्बत चिनाउने यी तस्बिरहरू स्वदेशीदेखि विदेशी पर्यटकले समेत चाख लगाएर हेरेका छन् ।

मङ्गलबजार क्षेत्रमा घुमिरहेका स्वदेशी तथा विदेशीहरूले यी तस्बिरमार्फत् तिब्बतलाई जान्ने प्रयास गरेका छन् । तिब्बतको कला संस्कृतिसँगै त्यहाँको विकासमेत प्रदर्शनीमा राखिएका तस्बिरमा देखाउन खोजिएको छ ।

पाटन दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको पोताला दरबारको तस्बिरले धेरैजसोको ध्यान तानेको थियो । ल्हासा-सिगात्से एक्सप्रेस वेसहित ठूला र फराकिला सडकले धेरैलाई चकित बनाएको थियो ।

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका अवसरमा शनिबारदेखि आयोजित सांस्कृतिक सप्ताहअन्तर्गत पाटन दरबार स्क्वायरमा मङ्गलबार तस्बिर प्रदर्शनी आयोजना गरिएको हो ।

उक्त प्रदर्शनी सिजाङ इन्टरनेशनल कम्युनिकेशन सेन्टर र नेपाल चाइना मिडिया फोरमको आयोजनामा गरिएको हो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना