आईओईका महासचिव सान्तोष नेपाल आउँदै « Khabarhub

आईओईका महासचिव सान्तोष नेपाल आउँदै


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारदाताहरुको अन्तर्राष्ट्रिय सङ्गठन (आईओई) का महासचिव रोबर्टो सुवारेज सान्तोष तीन दिने नेपाल भ्रमणका लागि आज (बिहीबार) काठमाडौं आउँदै छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालको निमन्त्रणामा सान्तोष तीन दिने (साउन ८ देखि १०) नेपाल भ्रमणमा आउन लागेका हुन् । उनको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकाल र महासचिव सान्तोषबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोषलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

सन् १९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको (आईओई)  विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको सञ्जाल हो । जसले १४० भन्दा बढी देशहरूमा रहेका १५० भन्दा धेरै रोजगारदाताहरूको सङ्गठनहरूलाई प्रतिनिधित्व गर्छ । महासङ्घ पनि आईओईको सदस्य हो ।

नेपालमा रहँदा सान्तोसले महासङ्घ अध्यक्ष लगायत पदाधिकारीसँग छलफल गर्नेछन् । यसैगरी नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसँग पनि सान्तोसको भेटघाटको कार्यक्रम तय भएको छ ।

अध्यक्ष ढकालका अनुसार यस भ्रमणले महासङ्घ र आईओईबीचको सम्बन्ध थप सुदृढ हुनाको साथै नीतिगत सहकार्य सुदृढ हुने महासङ्घले विश्वास लिएको छ ।

छलफलका क्रममा नेपालको सन् २०२६ मा हुने एलडीसी स्तरोन्नति र यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पार्ने प्रभाव र निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल हुने महासङ्घका अध्यक्ष ढकालले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ११ : ५४ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना