झण्डै ५० जना सवार रुसी विमान साइबेरियामा बेपत्ता « Khabarhub

झण्डै ५० जना सवार रुसी विमान साइबेरियामा बेपत्ता


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसमा झण्डै ५० जना सवार बिमान बेपत्ता भएको छ । सुदूरपूर्वी रुसमा एन्टोनोभ एन–२४ विमान बेपत्ता भएको हो ।

साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उक्त विमानले चीनसँग सीमा जोडिएको अमूर क्षेत्रको टिन्डा शहरका लागि उडान भरेको थियो ।

सो क्षेत्रका गभर्नर भिसाली ओर्लोभले प्रारम्भीक जानकारीअनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाएका छन् । विमानमा ५ जना बालबालिका पनि रहेको जनाइएको छ ।

विमानको खोजीका लागि सबै शक्ति प्रयोग गरिएको उनले बताएका छन् । यद्यपि आपतकालीन मन्त्रालयले भने विमानमा केबल ४० जना आसपास यात्रु रहेको जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १२ : १७ बजे

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो