सांसदको गुनासो- केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन « Khabarhub

सांसदको गुनासो- केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रमा बन्ने बजेटमा उल्लेख भएकै रकम किन गाउँ गाउँमा पुग्दैन यसको कारण खोजी गरी रोक्नुपर्नेमा सांसदले जोड दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बैठकको विशेष समयमा सांसद डा. चन्द्रकान्त भण्डारीले राजधानीबाट १०० पठाउँदा गाउँमा रु ५० मात्र पुग्ने भएकाले यसलाई रोक्न संसद्ले भूमिका खेल्नुपर्ने बताए। धवलागिरीमा स्याउको खेती हुने उल्लेख गर्दै उनले त्यहाँको जग्गा नापी नभएकाले नापी गर्ने गरी रुलिङ गर्न सभामुखसँग माग गरे।
 
सांसद लीलानाथ श्रेष्ठले तराइ मधेसमा पानीको अभाव भएकाले खानेपानीको व्यवस्था गर्न माग गरे। लम्पी स्किनले तराइ मधेस क्षेत्रमा क्षति भएकाले सरकारले केन्द्रबाट पठाएको सुई लगाउनुपर्नेमा पनि उनले जोड दिए ।

सांसद पूर्णबहादुर घर्तीमगरले संविधान संशोधनको सात बुँदासहित सरकार गठन भएको एक वर्ष पूरा हुँदा पनि कुन कुन दफा संशोधन गर्न लागिएको हो भन्ने थाहा नपाइएको बताए। 
 
सांसद राजेन्द्रप्रसाद पाण्डेले २१ वर्ष पुरानो सौर्य एयरलाइन्स नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति विना उडाएर गत वर्ष दुर्घटना भएकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति एवं न्याय दिन माग गरे । 

सांसद रञ्जुकुमारी झाले मधेस प्रदेशमा खानेपानीको समस्या समाधान गर्न माग गरिन् । 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ४ : २९ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना