आजका समाचार : विरोध गरेको गर्‍यै रास्वपा-राप्रपा, दक्षिणपूर्वी एशियामा युद्धको त्रास र ५० यात्रु सवार रुसी विमान जंगलमा खस्यो | Khabarhub Khabarhub

आजका समाचार : विरोध गरेको गर्‍यै रास्वपा-राप्रपा, दक्षिणपूर्वी एशियामा युद्धको त्रास र ५० यात्रु सवार रुसी विमान जंगलमा खस्यो


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

केपी ओलीलाई सी चिनिफिङसँग तुलना गर्दै लीलानाथ भन्छन् : विद्या भण्डारीको सदस्यता खारेज भएको छैन
नेकपा (एमाले) का नेता लीलानाथ श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज नभएको दाबी गरेका छन् ।

भण्डारीको पार्टी सदस्यताबारे उपयुक्त समयमा उपयुक्त निर्णय हुने श्रेष्ठले बताए । तर, अहिले पार्टीको निर्णय शिरोधार्य गर्नु आफूहरूको धर्म भएको उनले बाएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा बोल्दै उनले भण्डारीको पार्टी सदस्यता नवीकरणका सवालमा पार्टीको आधिकारिक च्यानल र प्रवक्ताबाट धारणा सार्वजनिक भएकोले आफ्नो पनि त्यही धारणा भएको बताए ।

‘हाम्रो पार्टीमा निरंकुशता छैन । प्रतिष्पर्धा गरेर अघि बढ्ने हो । अहिले हामीले कसैलाई कारबाही गरेको छैन । हामी कारबाही गर्ने पक्षमा छैनौं । विद्यादेवी भण्डारीको हाम्रो पार्टीमा ठूलो योगदान छ’, उनले भने, ‘उहाँको सदस्यता खारेज गरेको छैन । उपयुक्त समयमा सदस्यताबारे छानबिन गरेर उपयुक्त निर्णय हुन्छ । विद्या भण्डारी हाम्रो जिम्मेवार अभिभावक हो । उहाँको पनि यो पार्टी बनाउन योगदान छ । उहाँले पार्टी फुटाउने काम गर्नुहुन्न । हामी त पार्टीको कुरा शिरोधार्य गर्छौं ।’

उनले नेपालमा अहिलेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीजत्तिको राष्ट्रवादी व्यक्ति अर्को नभएको बताए ।

माओवादी महासचिवको तर्क- विद्यालाई प्रतिबन्ध लगाउने एमालेको निर्णय संविधानविपरीत

राप्रपामा भाँडभैलोबीच रवीन्द्र मिश्र भन्छन्- कृपया, मेरो जुँगा धेरै नतान्नुस्

देशमा राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भन्छिन्- समृद्धि केवल मुठ्ठीभर मानिसका लागि मात्रै होइन

बिहीबार पनि संसद्‌मा रास्वपा र राप्रपाको विरोध
भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरूले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् ।

रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा। तोसिमा कार्कीलाई बोल्न समय दिएका थिए । सांसद कार्कीले वर्तमान सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजेको आरोप लगाइन्।

सुशासनको बाचा गर्ने सरकारले जनताका पक्षमा लड्नेहरुलाई कारागार पठाउने र भ्रष्टाचारमा मुछिएकाहरुलाई स्यावासी दिने काम गरेको उनले बताए । उनले भिजिट भिसा प्रकरणमा छानविन गर्नुपर्ने व्यक्ति कै संयोजकत्वमा बनेको समिति मान्य नहुने भन्दै आन्दोलन निरन्तर रहेको धारणा राखिन्। सांसद कार्कीले आफूहरूले निरन्तर विरोध गर्दा पनि संसद चलाइएकोप्रति आपत्ति जनाए ।

‘जनतासँग गरेका कुनै वाचा पूरा भएनन्, ओली सरकारको औचित्य सकियो’

मधेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

सांसदको गुनासो- केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन

चन्द्र भण्डारीको गुनासो- दलालसँग मिलेर नेपाली युवालाई विदेशमा पढ्न बाध्य बनाइँदैछ

हवाई सेवा प्राधिकरण विधेयक : सांसदद्वारा संरचना र सुरक्षामा सुझाव

ल्यापटप नखुलेपछि सात लाख २० हजार क्षतिपूर्ति माग्दै उपभोक्ता अदालत पुगे विद्यार्थी
न्यूरोड (नयाँसडक) लाई सङ्घीय राजधानी काठमाडौँको व्यापारिक मुटु मानिन्छ । व्यवसायका हकमा यति संवेदनशील स्थानमा व्यापार गर्नेले उपभोक्तालाई जिम्मेवार व्यवसायिक विश्वास दिलाउनुपर्ने हो ।

तर, त्यही व्यापारिक मुटुमा ल्यापटप किन्दा मास्टर्स पढिरहेका एक विद्यार्थीले आफू नराम्ररी ठगिएको उल्लेख गर्दै उपभोक्ता अदालतको ढोका ढक्ढक्याएका छन्‌ ।

एक लाख ४० हजार रुपैयाँ तिरेर ल्यापटप किनेका ती विद्यार्थीले आफ्नो उपभोक्ता अधिकार हनन गरिएको भन्दै बिक्रेताबाट सात लाख २० हजार ५०० रुपैयाँ क्षतिपूर्ति मागदावी गरेका हुन्‌ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-८, ओमनगर स्थायी घर भइ हाल काठमाडौँको कोटेश्वरमा डेरा गरी बस्ने अनिशकुमार गिरीले सिटी कम्प्युटर सिस्टम, न्यूरोड काठमाडौँविरुद्ध उपभोक्ता अदालतमा गएको असार १८ गते ‘क्षतिपूर्ति भराइ पाऊँ’ भनी मुद्दा दायर गरेका छन्‌ ।

तराई-मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन

बीपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने हो : प्रवक्ता महत

आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

यसरी निर्माण हुँदैछ त्रिभुवन विमानस्थलको ट्याक्सी वे (तस्बिरहरू)

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे 

ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्छु : प्रचण्ड

ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । महासङ्घका प्रतिनिधिहरूले अध्यक्ष निवास खुमलटारमा भेट गरी ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो ।

महासङ्घका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखेका छन् ।

खासगरी दुई हजार पाँच सय बढी ज्येष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित गरेको भन्दै समस्या समाधान गर्न नेतृत्व लिइदिन महासङ्घले अनुरोध गरेको छ ।

रोल्वालिङ खोल जलविद्युत आयोजनाको काम बन्द, स्थानीय आक्रोशित

बाजुरा दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

अत्यधिक मदिरा सेवन गरेपछि दुई जनाको मृत्यु

चट्टान फुटाएर घोरेटो बाटो निर्माण

राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट

महाकाली सिंचाई तेस्रो चरण : नहर बन्यो पानी आएन

स्याङ्जामा ऐतिहासिक महत्वका चौतारो संरक्षण

यस्तो छ दक्षिणपूर्वी एशियामा तनाव बढ्नुको कारण
दक्षिणपूर्वी एशियामा तनाव बढ्दै गएको छ । बिहीबार थाइल्याण्ड र कम्बोडियाका सैनिकबीच सीमा क्षेत्रमा आक्रमण प्रत्याक्रमण भएका छन् । घटनामा १२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा थाइल्याण्डका उप–रक्षामन्त्रीले लडाइँको पुष्टि गर्दै सेनालाई पूर्ण परिचालन अधिकार प्रदान गरेको थाइल्यान्डको राष्ट्रिय प्रसारण सेवाले जनाएको छ ।

सूचना विभागका महानिर्देशक तथा विदेश मन्त्रालयका प्रवक्ता निकोन्डेज प्लाङ्कुरले पत्रकार सम्मेलनमा यस्तो घोषणा गेका हुन् । स्थानीय मिडियाले सुरिन प्रान्तको विवादित ता मुएन थोम मन्दिर नजिकै बाट लडाइँ सुरु भएको जनाएको छ । कम्बोडियाली सेनाले थाई सीमामा आक्रमण गरेको थाई सेनाले जनाएको छ ।

कम्बोडियाले ता मुएन थोम भग्नावशेषबाट करिब दुई सय मिटर पूर्वमा थाइल्यान्ड सैन्य आधारतिर गोली हानेको सेनाको फेसबुक पेजलाई उद्धृत गर्दै बैंकक पोस्टले जनाएको छ । थाई सेनाले दुई देशको सीमा नजिकैको सुरिन प्रान्तको काप चोएङ जिल्लामा छ वटा एफ–१६ लडाकू जेट तैनाथ गरेको बताएको छ ।

द नेसनको रिपोर्टअनुसार सुरिन प्रान्तको ता मुएन थोम मन्दिर वरपरको क्षेत्रमा गोली चल्दा दुई थाई सैनिक घाइते भएका छन् । द्वन्द्वबाट प्रभावित क्षेत्रहरूमा ता मुएन थोम मन्दिर, ता क्वाई मन्दिर, चोङ बोक, प्रेह विहार, चोङ एन मा र चोङ चोम रहेका छन् ।

इजरायलको गुफामा एक लाख वर्ष पुरानो हड्डी भेटियो, शव गाड्ने संस्कारबारे जानकारी पाइने

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

भारतीय प्रधानमन्त्री मोदी बेलायत भ्रमणमा

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

टर्कीमा रुस-युक्रेन वार्ता : बन्दी रिहा गर्ने सहमति

झण्डै ५० जना सवार रुसी विमान साइबेरियामा बेपत्ता

थाइल्याण्ड र कम्बोडियाबीच हानाहान शुरु

बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश खैरुल हक पक्राउ

अमेरिकामा गाँजाबाट बनेको पेय पदार्थको बिक्री बढेसँगै रक्सी व्यवसायी चिन्तित

थाइल्याण्ड–कम्बोडिया तनाव : १२ जना मारिएको थाइल्याण्डको दाबी

साइबेरियामा हराएको विमानको भग्नावशेष भेटियो






























प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : ५४ बजे

मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव

पर्सा – खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

गण्डकी – पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१०

बागमती सरकारका चार मन्त्री पदमुक्त

काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले

प्रधानमन्त्रीले भने : देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ

पर्सा – प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको