पाकिस्तानको संघीय राजधानी इस्लामावादमा आपराधिक घटना बढे « Khabarhub

पाकिस्तानको संघीय राजधानी इस्लामावादमा आपराधिक घटना बढे


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको संघीय राजधानी इस्लामावादमा आपराधिक घटना बढ्दै गएको पाइएको छ । इस्लामावाद शहरमा सवारी साधन चोरीका घटनामा वृद्धि भएको देखिएको छ ।

पछिल्लो एक सातामा इस्लामावादमा ४० वटा सवारी साधन चोरी भएको छ । बिजनेस रेकर्डरले संकलन गरेको तथ्यांक अनुसार इस्लामावादमा पछिल्लो एक सातामा ६१ वटा आपराधिक घटना भएका छन् ।

यसमा ३१ वटा मोटरसाइकल चोरी, ९ वटा कार चोरी, ११ वटा डकैती र ११ वटा मोबाइल र पैसा चोरीका घटना भएका छन् । खासगरी इस्लामावादको औद्योगिक क्षेत्र, गोलरा, मारगल्ला, शालिमार, शहजाद टाउन र शम्स कोलोनीजस्ता क्षेत्रमा यस्ता घटना धेरै भएका छन् ।

हालै इस्लामावादको रम्ना प्रहरी वृत्तमा अज्ञात लुटेराको एउटा समूहले घरमा प्रवेश गरी लुटपाट गरेको थियो । परिवारले प्रतिकार गरेपछि घटनामा एक जना लुटेरा घाइते भएका छन् ।

त्यसको बदलामा लुटेराले घरमा जथाभावी गोली प्रहार गरेका थिए । घटनापछि उक्त परिवारले प्रहरीमा उजुरी दिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ७ : ५६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया