राज्यले थन्क्याएका सवारीसाधन पाँच सचिवले हेर्ने, विवरण पीएएमएसमा राखिने « Khabarhub

राज्यले थन्क्याएका सवारीसाधन पाँच सचिवले हेर्ने, विवरण पीएएमएसमा राखिने


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले जफत गरिएका र बेवारिस फेला परेका लगायत प्रयोजनमा नआएका सवारीसाधन व्यवस्थापन गर्न पाँच सचिव सम्मिलित समिति गठन गर्ने भएको छ ।

भदौ २ गते सचिवहरूको बैठक राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले त्यस्ताव सवारीसाधन व्यवस्थापन गर्न कार्यालयका (शासकीय सुधार क्षेत्र) हेर्ने सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

त्यस्ता सवारीसाधन व्यवस्थापन गर्न सरकारले गत मङ्सिर ६ गते एक कार्यदल नै गठन गरेको थियो । ‘पुराना सरकारी सवारी साधन तथा यन्त्र उपकरणहरूको व्यवस्थापन गर्ने सम्बन्धी कार्यदल’लाई हालसम्म सरकारकै मन्त्रालय र निकायहरूले तत्‌सम्बन्धी विवरण समेत उपलब्ध गराएका छैनन् ।

त्यसैले सचिव बैठकले ‘विवरण पठाउन बाँकी मन्त्रालय/निकायहरूले तत्काल कार्यदलबाट माग भएबमोजिमको सवारी साधन र यन्त्रउपकरणहरूको विवरण तत्काल उपलब्ध गराउन’ पनि निर्देशन दिएको छ ।

सचिव बैठकको निर्णय ।

सबै निकायहरूले अविलम्ब जिन्सी निरीक्षण प्रतिवेदन तयार गरी सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमएस) मा प्रविष्ट गर्ने पनि सचिव बैठकले निर्णय गरेको छ । बाँकी सवारीसाधन र यन्त्रउपकरणहरू उक्त प्रणालीमा प्रविष्ट गर्ने जनाएको छ ।

त्यस्ता सवारीसाधन र यन्त्रउपकरणको व्यवस्थापन गर्ने समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका (शासकीय सुधार क्षेत्र) हेर्ने सचिव संयोजकत्व, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका कानून हेर्ने सचिव, अर्थ सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र महालेखा नियन्त्रक सदस्य रहनेछन्‌ ।

समितिले नेपाल प्रहरी लगायत नियमनकारी निकायबाट जफत गरिएका, वेवारिसे फेला परेका, बिना प्रयोग थन्क्याइएका सवारी साधनहरूको उचित व्यवस्थापन गर्ने र उक्त समितिको सचिवालयको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको जनशक्ति व्यवस्थापन महाशाखालाई दिने निर्णय सचिव बैठकले गरेको हो ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १ : ३३ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन