१ करोड कट्यो त ‘माग्ने राजा’को व्यापार, अन्य दुईको हालत कस्तो ? « Khabarhub

१ करोड कट्यो त ‘माग्ने राजा’को व्यापार, अन्य दुईको हालत कस्तो ?


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आएका तीन फिल्म मध्ये ‘माग्ने राजा’ले दर्शकबाट उल्लेखनीय साथ पाएको छ ।

सुरुवाती दुई दिनको अनुपेन्सी हेर्दा अर्को फिल्म ‘जनै हराएको मान्छे’ भने अपेक्षित व्यापार गर्न सकेन । तथापि फिल्म हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

अर्को फिल्म ‘ताराहरु’ व्यापार भने कमजोर छ । यसको असर शो बाँडफाँटमा देखिएको छ । यसको शो संख्या खुम्चिएर पाँचभन्दा कम पुगेको छ ।

केदार घिमिरे ‘माग्ने बूढा’ र नायिका वर्षा सिवाकोटी स्टारर फिल्म ‘माग्ने राजा’ले उच्च अकुपेन्सीका साथ ओपनिङ गरेको थियो । पहिलो दिन शुक्रबार नै केही हलहरु हाउसफूल भेटिए ।

शनिबार सार्वजनिक बिदाको उपभोग यो फिल्मले राम्रैसँग गरेको पाइएको छ । शनिबार धेरै हलहरु यो फिल्मले हाउसफूल गर्न सफल भयो ।

वितरक रोतिह कट्टेलका अनुसार यो फिल्मको व्यापार निर्माण पक्षले सोचेभन्दा पनि राम्रो भएको छ । उनी भन्छन्, ‘हिजो शनिबारको व्यापार त झन् नै राम्रो छ । यति धेरै हलहरु हाउसफूल भए ।’

दुई फिल्मसँग बक्स अफिस प्रतिस्पर्धा गरे पनि ‘माग्ने राजा’को सुरुवाती दुई दिनको व्यापार सहजै एक करोड नाघ्ने उनले बताए । भने, ‘मलाई पनि बक्स अफिस रिपोर्ट आइसेकेको छैन । तर, एक करोड व्यापार सहजै कट्छ ।’

आइतबार पनि मोफसलका केही हलहरु हाउसफूल देखिएका छन् । आइतबार व्यापार कम हुने दिन पनि अकुपेन्सी राम्रै देखिएको वितरक कट्टेलको दाबी छ ।

व्यापारिक रुपमा सबैभन्दा सफल भएर रेकर्ड राखेको ‘पूर्णबहादुरको सारङ्गी’पछि नायक विजय बराल शीर्ष भूमिकामा रहेको पहिलो फिल्म ‘जनै हराएको मान्छे’ हो ।

विजयको कारण पनि यो फिल्मको व्यापार आक्रमक हुनसक्ने विश्लेषण गरिएको थियो । तर, अकुपेन्सी र विश्लेषण फरक देखिएको छ । यो फिल्मले मध्यम व्यापार गरेको छ ।

शनिबार यो फिल्मले पनि केही हल हाउसफूल गराएको थियो । शनिबार यो फिल्मको अकुपेन्सी ४०–५० प्रतिशत रह्यो । आइतबार पनि मोफोसलका केही एक–दुई हलको बुकिङ हाउसफूल देखिन्छ । तथापि यो फिल्मले सकारात्मक ‘वर्ड अफ माउथ’ पाएको छ ।

यस फिल्ममा विजयसहित नायिकाहरु केकी अधिकारी र मिरुना मगर शीर्ष भूमिकामा रहेका छन् ।

तीन फिल्ममा ‘तारा’ भने निकै कमजोर सावित भएको छ । शुक्रबार र शनिबार अकुपेन्सी कमजोर हुँदा आइतबारबाट यसको शो नै घटेको छ । सोमबारका लागि यसले तीन शो मात्रै पाएको छ ।

यस फिल्ममा आशान्त शर्मा, नायिका मेनुका प्रधान र मिरा खड्का मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ३ : ४० बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न