सहरमा भन्दा गाउँमा बढ्यो महँगी « Khabarhub

सहरमा भन्दा गाउँमा बढ्यो महँगी


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरमा भन्दा गाउँमा महँगी बढेको छ । गाउँमा एक वर्ष अगाडि १०० रुपैयाँमा पाइने सामानको मूल्य १०४ रुपैयाँ ४० पैसा पुगेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार सहरको तुलनामा गाउँमा महँगी बढेको छ । 

बैंकका अनुसार गाउँमा ४.४० प्रतिशत महँगी बढ्दा सहरी क्षेत्रको ३.९४ प्रतिशतले महँगी बढेको छ । 

आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता महँगी ४.०६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो महँगी ५.४४ प्रतिशत रहेको थियो । 

२०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता महँगी २.२० प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो महँगी ३.५७ प्रतिशत रहेको थियो । 

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ । मरमसला उप–समूहको मूल्य सूचकाङ्क २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ । 

खाद्य तथा पेय पदार्थ समूहको महँगी 

आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता महँगी ४.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको महँगी ६.४७ प्रतिशत रहेको थियो । 

२०८२ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता महँगी १.१९ प्रतिशतले ऋणात्मक रहेको छ । २०८१ असार महिनामा उक्त समूहको महँगी ४.०४ प्रतिशत रहेको थियो । 

गैर–खाद्य तथा सेवा समूहको महँगी 

आर्थिक वर्ष २०८१/८२ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता महँगी ३.७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको महँगी ४.६४ प्रतिशत रहेको थियो । 

२०८२ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता महँगी ४.१२ प्रतिशत रहेको छ । २०८१ असार महिनामा उक्त समूहको महँगी ३.२६ प्रतिशत रहेको थियो ।

क्षेत्रगत उपभोक्ता महँगी

आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता महँगी ३.७७ प्रतिशत, तराईको ४.१४ प्रतिशत, पहाडको ३.८६ प्रतिशत र हिमालको ४.८९ प्रतिशत रहेको छ । 

२०८२ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता महँगी २.३२ प्रतिशत, तराईको १.८५ प्रतिशत, पहाडको २.१९ प्रतिशत र हिमालको ३.७५ प्रतिशत रहेको छ । 

ग्रामीण र सहरी उपभोक्ता महँगी

आर्थिक वर्ष २०८१/८२ मा ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क ४.४० प्रतिशत र सहरी क्षेत्रको ३.९४ प्रतिशतले बढेको छ । 

२०८२ असार महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.४० प्रतिशतले र सहरी क्षेत्रको २.१४ प्रतिशतले बढेको छ । 

प्रदेशगत उपभोक्ता महँगी

आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशको वार्षिक औसत उपभोक्ता महँगी ५.४६ प्रतिशत, मधेश प्रदेशको ४.१४ प्रतिशत, बागमती प्रदेशको ३.५७ प्रतिशत, गण्डकी प्रदेशको ३.३२ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७० प्रतिशत, कर्णाली प्रदेशको ३.३१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.०२ प्रतिशत रहेको छ । 

२०८२ असार महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता महँगी ३.६७ प्रतिशत, मधेश प्रदेशको १.९९ प्रतिशत, बागमती प्रदेशको १.८१ प्रतिशत, गण्डकी प्रदेशको १.७१ प्रतिशत, लुम्बिनी प्रदेशको १.७८ प्रतिशत, कर्णाली प्रदेशको १.८६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.७४ प्रतिशत रहेको छ । 

थोक महँगी 

आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत थोक महँगी ३.८४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो महँगी ३.९२ प्रतिशत रहेको थियो । 

२०८२ असार महिनामा वार्षिक विन्दुगत थोक महँगी  १.०५ प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो महँगी ४.४१ प्रतिशत रहेको थियो ।

तलब तथा ज्याला सूचकाङ्क 

आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ५.०३ प्रतिशतले वृद्धि भएको थियो । 

आर्थिक वर्ष २०८१/८२ को चौथो त्रयमासमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क २.६३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रयमासमा यस्तो सूचकाङ्क ३.५६ प्रतिशतले वृद्धि भएको थियो । 

प्रदेशगत रूपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्कको वृद्धि १.२३ प्रतिशत, मधेश प्रदेशको २.१४ प्रतिशत, बागमती प्रदेशको १.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७४ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७२ प्रतिशत, कर्णाली प्रदेशको ३.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७.४४ प्रतिशत रहेको छ । 

नेपाल र भारतको उपभोक्ता महँगी 

२०८२ असार महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता महँगी २.२० प्रतिशत रहेको छ । सन् २०२५ जुलाई महिनामा भारतको यस्तो महँगी १.५५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ३ : २२ बजे

रवि-बालेनबिना नै सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको