आज २०८२ साल असोज ८ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असोज ८ गते बुधबारको राशिफल


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २४ तारिख । नवरात्रको तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । राजनीतिमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य छ । हरेक कुरामा अवरोध हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिमा घेराबन्दी हुनेछ । व्यापारमा घाटा हुने भएकाले लगानी गर्नु उचित हुन्छ । शिक्षामा सुधारका संकेत देखिने छन् ।

मिथुन : दिन राम्रो छ । बोलीको प्रयोग परोपकारमा गर्नु उचित हुन्छ । स्वास्थ्यमा सुधार हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । स्वास्थ्यमा गरेको लगानीबाट घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । प्रेम सम्बन्धमा मनमुटाब हुनेछ ।

सिंह : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने छ । अरुले फाइदा लुट्ने जोखिम छ । खर्च बढ्ने जोखिम छ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने समय छ । तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन् । मनमा चञ्चलता थपिने छ ।

कन्या : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । रोगबाट मुक्त हुने योग छ । परिवारबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्ती पाउने देखिन्छ ।

तुला : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीको साथ मिल्नेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । गुरुको आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुन्छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिक : दिन सामान्य छ । सोचेको काम नबन्ने जोखिम छ । सञ्चित धन खर्च हुनेछ । आफ्नो मूल्यांकन गर्न नसक्दा स्वास्थ्यमा समस्या हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । चन्द्रमा उच्च ठाउँमा पुगेकाले आम्दानी बढ्नेछ । स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षा र रोजगारीमा बढुवा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ ।

मकर : दिन राम्रो छ । सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ । शिक्षाको लगानीले खुशी बनाउने छ । सोचेको काम सहज बन्नेछ । व्यापारमा फाइदा हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

कुम्भ : राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । परिवारसँग रमाइलो घुमघामको योग परेको छ। सञ्चित धन खर्च हुनेछ । अनावश्य यात्राको जोखिम छ । मन चञ्चल हुनेछ ।

मीन : दिन सामान्य छ । गुरुबाट नै ठगिने जोखिम छ । बोलीका कारण साथी टाढा हुनसक्छन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ । मन अशान्त बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : ०० बजे

मुग्लिन–नारायणगढको वैकल्पिक सडक

तनहुँ– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले

गाडी चढ्दा लाग्ने रिङ्गटा र वान्ता कसरी रोक्ने ?

दशैँ सुरु भइसकेको छ । यतिबेला दशैँ मनाउन घर जानेको

धरानस्थित लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

सुनसरी– धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल

एक वर्षअघि बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

भक्तपुर– गत असोज दोश्रो साता आएको बाढीपहिरोले क्षति गरेको बीपी

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू