कांग्रेस सुधारका लागि नेता पौडेलले थाले सुझाव संकलन « Khabarhub

कांग्रेस सुधारका लागि नेता पौडेलले थाले सुझाव संकलन


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको सुधारका लागि नेता कार्यकर्तासँग सुझाव संकलन थालेका छन्।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितीबारे सामाजिक सञ्जालमार्फत् सार्वजनिक धारणाप्रति नेता कार्यकर्ताको प्रतिक्रिया र सुझाव आउनेक्रम बढेपछि नेता पौडेलले पार्टीमा उठाउने गरी सुझाव संकलन थालेका हुन्।

केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत् प्राप्त प्रतिक्रिया ग्रहण गरिरहेका छन्। स्थानीय तहसम्मकै नेता तथा कार्यकर्तासँग औपचारिक सम्वादसमेत अघि बढाएका छन्।

सातै प्रदेशका करिब ५० क्षेत्रीय सभापति सहभागी थिए। उनीहरुले कांग्रेसको सुधारका लागि आत्मालोचनासहित नेता पौडेलले सारेको धारणामा सहमत रहेको भन्दै पार्टी रुपान्तरण तथा पुस्तान्तरण आवश्यक रहेको बताए।

बैठकमा २६ क्षेत्रीय सभापति सहभागी थिए। नेता पौडेलले अबको केही समय निरन्तर सुझाव संकलन गर्ने र त्यसलाई दस्तावेजीकरण गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्ने योजना बनाएका छन्।

नेता कार्यकर्ता मात्र नभएर आम नागरिकले पनि परिवर्तित समयमा नेपाली कांग्रेसमा रुपान्तरण आवश्यक रहेको भनेका छन्।

नेता पौडेलले आफू पार्टी सुधारका पक्षमा उभिएको भन्दै कार्यकर्ता तथा नेताबाट प्राप्त सुझाव र विज्ञसँगको थप छलफलपछि दस्तावेजसहित आउने बताए।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : १३ बजे

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)