खर्च कटौतीको निर्णयले संघदेखि पालिकासम्मका प्रेस सल्लाहकारको जागिर गयो « Khabarhub

खर्च कटौतीको निर्णयले संघदेखि पालिकासम्मका प्रेस सल्लाहकारको जागिर गयो


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय राष्ट्रपतिदेखि पालिका अध्यक्षसम्मले प्रेस सल्लाहकार राख्ने फेसन चलेका बेला अर्थमन्त्री रामेश्वर खनालले ल्याएको खर्च कटौतीको नीति अपनाएका हुन् ।

उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरिदिएका छन् ।

अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेयले बुधबार जारी गरेको विज्ञप्तिमा गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको उल्लेख छ ।

अर्थले जारी गरेको वक्तव्यको ‘अन्य खर्च कटौती’ शीर्षक अन्तर्गत प्रेस सल्लाहकार कटौती गरेर सूचना अधिकारीले नै काम चलाउने उल्लेख गरिएको छ। सरकारले हरेक कार्यालयमा सूचना अधिकारीको अलग्गै पद राखेको हुन्छ । तर खासगरी जनप्रतिनिधिहरूले आफ्नो पार्टीनिकट पत्रकारलाई सरकारी स्रोतबाटै अलग्गै प्रेस सल्लाहकारका रुपमा राख्ने गरेका छन् ।

अर्थले संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरू लगायत राजनीतिक पदाधिकारी सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नराख्ने गरी निर्णय गरेको छ। यस्ता स्वकीय सचिवालयका लागि सवारी साधन, वैदेशिक भ्रमण र अन्य भौतिक सुविधा उपलब्ध गराउन नपाइने पनि अर्थले जनाएको छ।

पछिल्लो समय फेसन बन्दै आएको प्रेस समन्वयका लागि पत्रकार राख्ने कामलाई पनि अर्थले बन्देज लगाएको छ । ‘प्रेस समन्वयका लागि अतिरिक्त नियुक्ति नगरी सम्बन्धित निकायकै प्रवक्ता अधिकारीबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने’, अर्थले जारी गरेको खर्च कटौतीको निर्णयमा भनिएको छ ।

उता विभिन्न मुलुकका लागि खटिने नेपाल सरकारको प्रतिनिधि राजदूतको नियमानु माथिल्लो तह तोकी दिइने गरिएका थप सुविधा खारेज गर्ने निर्णय पनि भएको छ ।

सार्वजनिक संस्थानमा रिक्त रहेका कार्यकारी प्रमुखको पदमा तत्कालका लागि नेपाल स्थायी सेवामा रहेका कर्मचारीलाई काजमा खटाउने निर्णय अर्थले गरेको छ ।

अर्थले अहिलेको संकटपूर्ण अवस्थामा महँगा इलेक्ट्रोनिक्स र विलासी सामग्रीहरू खरिद नगर्ने निर्णय गरेको छ । उता ग्यास, साइकल, स्वास्थ्य बीमा शुल्क, विद्युत् महशुल भुक्तानी, ह्याण्डपम्प, साडी वि वितरणमुखी कार्यक्रम सञ्चालन गर्न नपाइने पनि निर्णय लिएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : ३८ बजे

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था