रास्वपाको वेबसाइट ह्याक गरेर रविबारे लेखियो : न माफी दिन्छौँ, न त बिर्सिन्छौँ « Khabarhub

रास्वपाको वेबसाइट ह्याक गरेर रविबारे लेखियो : न माफी दिन्छौँ, न त बिर्सिन्छौँ


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘जेनजी राइजिङ नेपाल’ नामको एक ह्याकर समूहले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वेबसाइट ह्याक गरेको छ ।

उक्त ह्याकर समूहले रास्वपाको वेबसाइटभित्र छिरेर ‘प्रेस विज्ञप्ति’ सेक्सनमा एसक्यूएल इन्जेक्सन आक्रमण गरी आफ्नो सन्देश राखेको हो ।

गत भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहका क्रममा रास्वपाले नख्खु जेलमा थुनिएका सभापति लामिछानेलाई निकालेकाले बदलामा वेबसाइट नियन्त्रणमा लिइएको ह्याकरले उल्लेख गरेका छन् ।

ह्यारको यो समूहले वेबसाइटमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई लक्षित छाडेको म्यासेजमा भनिएको छ, ‘न क्षमा दिने, न बिर्सने ।’

के लेखिएको छ सन्देशमा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको राजनीतिक सर्कस हो, जसले भूतकाललाई नै भविष्य ठान्छ।

मुख्य विचार जवाफदेहीबाट पन्छिनु, पुरानै राजनीति ‘नयाँ राजनीति’ भनेर फेरि बेच्नु, अनि जसरी भए पनि आफ्ना नेतालाई जेलबाट जोगाउनु।

रवि लामिछाने — दुईवटा नागरिकता कार्ड बोकेको मान्छे — हालै जेन-जीको आन्दोलनकै कारण कानुनी प्रक्रियाबाट उम्किन सफल भए। अमेरिकाबाट त निकालिएका थिए ।तर अझै पनि पार्टीलाई ‘बोस’ जस्तै चलाइरहेका।

संसार कृत्रिम बुद्धिमत्ता, वातावरणीय संकट र अर्थतन्त्र जस्ता चुनौतीसँग जुधिरहेको बेला रास्वपा भने आफ्नो सारा ऊर्जा प्रचार, काण्ड र रबि दाइका अल्झिएका वित्तीय मामिलामै खर्चिरहेको छ। वाचा तोडिएको। इमानदारी ! हा… हा, वैकल्पिक!

नेपाल, स्वागत छ ‘नयाँ राजनीति’ मा ~ पुरानै चलाखी, बस अलिक चम्किलो प्याकेटमा। जेन-जीले यसलाई राम्ररी देख्छ। हामी माफ गर्दैनौँ। हामी बिर्सदैनौँ। हामी आउँदैछौँ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १२ : २५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर