कांग्रेसले छाड्यो मधेस सरकार, मुख्यमन्त्री सिंह अल्पमतमा परे « Khabarhub

कांग्रेसले छाड्यो मधेस सरकार, मुख्यमन्त्री सिंह अल्पमतमा परे


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । बुधबार कांग्रेसको प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले आफूहरू व्यक्ति विशेष नभई संस्था विशेषको समर्थन गर्ने भएकाले जनमत पार्टी हिजोको बैठकमा प्रतिपक्षको बेन्चमा बसेकाले आफूहरूले परिस्थितिका कारण समर्थन फिर्ता लिएको बताए ।

यसअघि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ । कांग्रेसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सिंह नेतृत्वको जनमत पार्टीको सरकार अल्पमतमा परेको छ । 

कुल १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल नेपाली कांग्रेसको २२, एमालेको २५ (सभामुखसहित), जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, जनता समाजवादी पार्टी, नेपालको १९, नेकपा (माओवादी केन्द्र) का ९, नेकपा (एकीकृत समाजवादी) का ७, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको तिनै–तिनै १–१ सिट छन् ।

सिंह नेतृत्वको सरकार नेपाली कांग्रेस, एमाले, लोसपा र जनमत पार्टीको समर्थनमा बनेको थियो। सुरूमा उनलाई ६९ सांसदको समर्थन रहेको भए पनि कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको बहुमत गुमेको छ ।

समर्थन फिर्ताको घोषणा गर्दै नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता यादवले भने, ‘हामीले यो सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएका छौं । अब प्रदेशसभाको ठूलो दलको हैसियतले कांग्रेस सरकार गठनको दाबी गर्छ ।’

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १२ : ५८ बजे

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)