कांग्रेसले छाड्यो मधेस सरकार, मुख्यमन्त्री सिंह अल्पमतमा परे « Khabarhub

कांग्रेसले छाड्यो मधेस सरकार, मुख्यमन्त्री सिंह अल्पमतमा परे


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । बुधबार कांग्रेसको प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले आफूहरू व्यक्ति विशेष नभई संस्था विशेषको समर्थन गर्ने भएकाले जनमत पार्टी हिजोको बैठकमा प्रतिपक्षको बेन्चमा बसेकाले आफूहरूले परिस्थितिका कारण समर्थन फिर्ता लिएको बताए ।

यसअघि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ । कांग्रेसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सिंह नेतृत्वको जनमत पार्टीको सरकार अल्पमतमा परेको छ । 

कुल १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल नेपाली कांग्रेसको २२, एमालेको २५ (सभामुखसहित), जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, जनता समाजवादी पार्टी, नेपालको १९, नेकपा (माओवादी केन्द्र) का ९, नेकपा (एकीकृत समाजवादी) का ७, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको तिनै–तिनै १–१ सिट छन् ।

सिंह नेतृत्वको सरकार नेपाली कांग्रेस, एमाले, लोसपा र जनमत पार्टीको समर्थनमा बनेको थियो। सुरूमा उनलाई ६९ सांसदको समर्थन रहेको भए पनि कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको बहुमत गुमेको छ ।

समर्थन फिर्ताको घोषणा गर्दै नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता यादवले भने, ‘हामीले यो सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएका छौं । अब प्रदेशसभाको ठूलो दलको हैसियतले कांग्रेस सरकार गठनको दाबी गर्छ ।’

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १२ : ५८ बजे

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको