बढ्दो मूल्यवृद्धिले अस्ट्रेलियामा जनजीवन प्रभावित « Khabarhub

बढ्दो मूल्यवृद्धिले अस्ट्रेलियामा जनजीवन प्रभावित


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर चालु वर्षको अगस्ट महिनामा बढेर ३ प्रतिशत पुगेको छ, जुन पछिल्लो १३ महिनामै सबैभन्दा उच्च दर हो। यो वृद्धि महँगीको चपेटामा परिरहेको आम जनजीवनका लागि थप दबाबको संकेत हो।

अस्ट्रेलियाको तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, उपभोक्ता मूल्य सूचकांक पछिल्ला १२ महिनामा तीन प्रतिशतले बढेको छ, जुन अघिल्लो महिना अगस्टमा २.८ प्रतिशत र जुलाईमा १.९ प्रतिशत मात्र थियो ।

यो वृद्धिदर सन् २०२४ सालको अगस्ट महिनापछिको सबैभन्दा उच्च दर हो, जब महँगी दर ३.५ प्रतिशत पुगेको थियो । तथ्यांक कार्यालयका अनुसार महँगी बढ्नुमा मुख्य योगदान आवास खर्चमा ४.५ प्रतिशत वृद्धि, खाद्य र नरम पेय पदार्थमा ३ प्रतिशत वृद्धि तथा चुरोटमा ६ प्रतिशत वृद्धि रहेको छ ।

बिजुली महसुल भने झनै बढी २४.६ प्रतिशतले बढेको छ । सरकारी राहत योजना समाप्त भएपछि यो वृद्धिदर देखिएको हो । राहतको प्रभाव हटाएर हेर्दा बिजुलीको मूल्यवृद्धि ५.९ प्रतिशत मात्र रहेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय बैंकले प्राथमिकता दिने आधारभूत महँगी दर अगस्ति महिनामा २.६ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतले घटेको हो ।
अस्ट्रेलियाको मौद्रिक नीति समितिले अगस्टमै सार्वजनिक गरेको अनुमान अनुसार, हालको आधा वर्षमा महँगी दर ३ प्रतिशतभन्दा माथि पुग्नेछ र मात्र २०२७ सालको मध्यतिर दुईदेखि तीन प्रतिशतको लक्ष्य भित्र फर्किनेछ ।

त्यसैगरी, आधारभूत महँगी दर भने २०२६ र २०२७ सालभर स्थिर रहने अनुमान गरिएको छ ।


 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : ०९ बजे

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको