बढ्दो मूल्यवृद्धिले अस्ट्रेलियामा जनजीवन प्रभावित « Khabarhub

बढ्दो मूल्यवृद्धिले अस्ट्रेलियामा जनजीवन प्रभावित


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर चालु वर्षको अगस्ट महिनामा बढेर ३ प्रतिशत पुगेको छ, जुन पछिल्लो १३ महिनामै सबैभन्दा उच्च दर हो। यो वृद्धि महँगीको चपेटामा परिरहेको आम जनजीवनका लागि थप दबाबको संकेत हो।

अस्ट्रेलियाको तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, उपभोक्ता मूल्य सूचकांक पछिल्ला १२ महिनामा तीन प्रतिशतले बढेको छ, जुन अघिल्लो महिना अगस्टमा २.८ प्रतिशत र जुलाईमा १.९ प्रतिशत मात्र थियो ।

यो वृद्धिदर सन् २०२४ सालको अगस्ट महिनापछिको सबैभन्दा उच्च दर हो, जब महँगी दर ३.५ प्रतिशत पुगेको थियो । तथ्यांक कार्यालयका अनुसार महँगी बढ्नुमा मुख्य योगदान आवास खर्चमा ४.५ प्रतिशत वृद्धि, खाद्य र नरम पेय पदार्थमा ३ प्रतिशत वृद्धि तथा चुरोटमा ६ प्रतिशत वृद्धि रहेको छ ।

बिजुली महसुल भने झनै बढी २४.६ प्रतिशतले बढेको छ । सरकारी राहत योजना समाप्त भएपछि यो वृद्धिदर देखिएको हो । राहतको प्रभाव हटाएर हेर्दा बिजुलीको मूल्यवृद्धि ५.९ प्रतिशत मात्र रहेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय बैंकले प्राथमिकता दिने आधारभूत महँगी दर अगस्ति महिनामा २.६ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतले घटेको हो ।
अस्ट्रेलियाको मौद्रिक नीति समितिले अगस्टमै सार्वजनिक गरेको अनुमान अनुसार, हालको आधा वर्षमा महँगी दर ३ प्रतिशतभन्दा माथि पुग्नेछ र मात्र २०२७ सालको मध्यतिर दुईदेखि तीन प्रतिशतको लक्ष्य भित्र फर्किनेछ ।

त्यसैगरी, आधारभूत महँगी दर भने २०२६ र २०२७ सालभर स्थिर रहने अनुमान गरिएको छ ।


 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : ०९ बजे

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)