संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सहभागी हुने « Khabarhub

संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सहभागी हुने


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  संयुक्त राष्ट्र सङ्घको ८०औँ महासभामा नेपालका तर्फबाट न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रतिनिधित्व गर्ने छन् ।

मुलुकको वर्तमान विषम परिस्थितिमा नेपाल सरकारबाट तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल त्यहाँ जान सक्ने अवस्था नरहेकाले महासभामा स्थायी प्रतिनिधि थापाले नै नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घको ८०औँ महासभाको बहस यही असोज ७ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा प्रारम्भ भएको छ । 

यसैगरी मुलुकको वर्तमान परिस्थितिमा केही मुलुकले नेपाललाई दिँदै आएको भिजिट भिसा रोकेको भन्ने सूचनाका सम्बन्धमा मन्त्रालयले सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतमार्फत आधिकारिक विषयका बारेमा जानकारी लिएको छ । 

मन्त्रालयले नेपालीहरू भिजिट भिसामा विभिन्न मुलुकमा गइरहेको अवस्थामा प्रश्न उठेका सम्बन्धमा व्यवस्थित बनाउनका लागि सम्बन्धित अधिकारीको उपस्थितिमा छलफल गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : ४५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष